पैसाले पैसा तान्छ तर समयले त्यसलाई खान्छ


प्रकाशित मिति : माघ २९, २०७९ आईतबार

पैसा लगानि गऱ्यो भने अझ धेरै पैसा बनाउन सकिन्छ । त्यसैले ‘पैसाले पैसा तान्छ’ उक्ति आएको हो । तर समय सँगै पैसाको मुल्य घट्ने हुनाले लगानि गरेको पैसाले पैसाले यथेष्ट पैसा तान्न सकेन भने पैसाको मुल्य घट्दै जान्छ । त्यसैले यो उक्ति परिवर्तन गरी ‘पैसाले पैसा तान्छ, समयले त्यसलाई खान्छ’ बनाउन आबस्यक देखिन्छ ।

यहाँ आफुलाई दैनिक आबस्यकता पर्ने पैसाको कुरा गरिएको होइन । यहाँ पैसा भनेको आफुले खाएर बचत गरेको वा लगानि गरेको पैसा भनेको हो । पैसा भयो भने घर, जग्गा, उद्दोग, कृषि आदिमा लगानि गरे प्रतिफल आउछ – पैसाले पैसा तान्छ । केहि नभए बैंकमा, सहकारीमा बा ब्यक्तिलाई ब्याजमा लगाए पनि ब्याजबाट पैसा आउछ- पैसाले पैसा तान्छ ।

यसलाई धेरै चर्चा गर्नै परेन । यो सबैले बुझेको कुरा भयो तर पैसालाई समयले खाएको भने धेरैले पत्तै नपाउने रहेछन् ।

केहि समय अघि सम्म मैले पनि ख्याल गरेकै थिइन । मानौं तपाईंसँग १ सय रुपैयाँ छ र त्ससलाई बैंकमा राख्नु भयो, बैकले १२% ब्याज दियो अनि एक वर्षपछि तपाई सँग ११२ रुपैया भयो । तपाईलाई लाग्यो पैसाले पैसा तान्यो । तर एक वर्ष पहिले १ सय रुपैयाँमा आउने सामनलाई अहिले १२० रुपैयाँ पर्छ अनि त्यहि सामान किन्न तपाईले बाकि ८ रुपैयाँ आफ्नो खल्तिबाट हाल्नु पऱ्यो ।

तपाईको २० रुपैयाँ समयले खायो अनि तानेको पैसा कटाएर पनि ८ रुपैयाँ त घाटामै गयो । समयले पैसा खाएन त? त्यसैले बैंकको ब्याज दर भन्दा मुद्रास्फिति धेरै भएको खन्डमा तपाईको पैसालाई समयले खाइदिन्छ – पैसाले पैसा तान्छ समयले त्यसलाई खान्छ ।

यस्ता उदाहरण तपाई प्रसस्त भेटाउन सक्नु हुन्छ । जस्तो पोहोर साल एक तोला सुन को मुल्य ९० हजार थियो अहिले १ लाख १० हजार भयो । तपाईको ९० हजारले २० हजार नतान्न सक्छ तर पोहोर साल नकिनेर त्यहि सुन अहिले किन्नु भयो भने समयले तपाईको २० हजार खायो ।

तपाईले आफन्तलाई पैसा दिनु भयो र ब्याज लिनु भयो भने आफन्तलाई पनि ब्याज लिने भन्ने जस्तो पनि पर्न सक्छ । आफन्तबाट पैसा फाइदा लिएको भन्ने हुन सक्छ तर त्यो पैसा वा ब्याज तपाईले खाएको होइन समयले खाएको हो भन्ने बुझ्न वा बुझाउन पनि पर्ने देखियो हैन त? समयले पैसा खाइरहेको हुन्छ ।

केहि नगरी पैसा घरमै राख्नु भयो भने पैसाको तैल घटेर जान्छ – १००० ग्राम छ भने अर्को बर्ष ९०० ग्राम मात्र हुन सक्छ, ख्याल गर्नोस है । बैंक राख्यो भने पनि पैसा जुन अनुपातमा पैसा तानेको हुन्छ त्यो भन्दा बढी अनुपातमा सयमले खायो हुन्छ भने तपाईको पैसा हलुका हुन जान्छ ।

डलर र रुपौयाँमा काम गर्नु भयो भने अर्को कुरा पनि छ ख्याल गर्नु पर्ने – सटही दर । एक वर्ष अघि अमेरिकि डलरको भाउ एक डलरको १२० थियो अहिले १३० रुपैया छ । अर्थात एक वर्ष अघि कसैलाई रु १२० (१ डलर) दिनु भयो अनि अहिले उसले रु १२० (९२ सेन्ट) फिर्ता गऱ्यो भने तपाईको ८ सेन्ट समयले खायो ।

त्यसैले मुद्रस्फिति, सटही दर आदि कारणले गर्दा समय सँगै पैसाको मुल्य घटिरहेको हुन्छ । पैसाले पैसा तान्छ भन्ने पुरानो उखान सम्झेर मख्ख पर्नु भन्दा अझ सचेत बनेर पैसाले धेरै पैसा तान्ने गरी लगानि गर्नोस ताकि समयले खाए पनि फाइदै होस । होइन भने अब नयाँ उखानले भने झैं पैसाले पैसा तान्छ, समयले त्यसलाई खान्छ ।

 (डा. मुक्ति अर्याल अमेरिकाको टेक्सास निवासी इन्जिनियर हुन् ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com