आईआरएसले हटायो झण्डै २२ राज्यबारे अन्यौल, अधिकांश राज्यका राहतमा कर नलाग्ने


प्रकाशित मिति : माघ २८, २०७९ शनिबार

100 US dollar banknotes

फोटो: भियाचेस्लाभ बुब्लिक

राज्यले जारी गरेको मुद्रास्फीति राहत भुक्तानी वा ट्याक्स रिटर्न विरुद्ध संघीय करहरू सङ्कलन नगर्ने आईआरएसले शुक्रबार स्पष्ट पारेको छ । जसले राज्यबाट विभिन्न प्रकारका रिबेटहरु प्राप्त गर्ने करोडौं करदाताहरूको लागि राहत भएको छ ।

आईआरएसले यस अगाडि करदाताहरूलाई उनीहरूको ट्याक्स फाइल केही समय रोक्न भनेको थियो किनकि अधिकारीहरूले राज्यबाट प्राप्त राहत रकमहरुमा संघीय कर लाग्ने नलाग्ने निर्धारण गर्न बाँकी थियो । छिटो ट्याक्स फाइल गर्न सुझाव दिदै आएको आईआरएसले ट्याक्स फाइल रोक्न दिएको सुझावलाई असामान्य मानिएको थियो । अमेरिकामा ट्याक्स फाइल गर्ने सिजन जनवरी २३ मा सुरु भएको थियो ।

शुक्रबारको घोषणा पछि २० भन्दा बढी राज्यका करदाताहरूले अब आफ्नो ट्याक्स फाइल गर्न सक्नेछन्। अलास्का, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावर, फ्लोरिडा, हवाई, आइदायो, इलिनोय, इन्डियाना, मेन, न्युजर्सी, न्युमेक्सिको, न्युयोर्क, ओरेगन, पेन्सिलभेनिया र रोड आइल्याण्डका बासिन्दाहरूले अब राज्यले दिएका राहत, रिफण्ड वा रिबेटमा ट्याक्स तिर्नुपर्ने छैन । उक्त रकमबारे ट्याक्स फाइल गर्दा रिपोर्ट गर्न पनि आवश्यक छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसले ती राज्यहरूद्वारा दिइएका राहत भुक्तानीहरू सामान्य कल्याण वा प्रकोप राहत भुक्तानीको रूपमा प्रवर्द्धनका लागि भएकाले संघीय कर योग्य नहुने बताएको छ। जर्जिया, म्यासाचुसेट्स, साउथ क्यारोलिना र भर्जिनियाका करदाताहरुले भने राज्यबाट भएको भुक्तानीहरूलाई आयको रूपमा रिपोर्ट गर्नुपर्नेछ ।

सन् २०२१ र २०२२ मा लगभग दुई दर्जन राज्यहरूले मुद्रास्फीतिको सामना गर्न राहत भुक्तानीहरु जारी गरेका थिए । क्यालिफोर्नियाले मध्यम वर्गको ट्याक्स रिटर्न अन्तरगत २ सय डलरदेखि १०५० डलरसम्मको राहत १६ मिलियनलाई दिइसकेको छ भने यो रकमका लागि २३ मिलियन योग्य छन् । न्यूयोर्कले औसत देखि कम आय भएका बासिन्दाहरूलाई औषत २७० डलरको मूल्यको मुद्रास्फीति राहत भुक्तानी प्रदान गरेको थियो भने भाडा र सम्पत्ति कर राहत लागू गरेको थियो । ओरेगनले कम आय भएका घरपरिवारहरूलाई ६ सय डलरको चेक पठायो भने जर्जियाले २०२१ को रिटर्न पेश गरेपछि कर फाइल गर्नेहरुलाई ५ सय डलरको क्रेडिट दियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com