नाबालिकामाथि यौन शोषण गरेको आरोपमा बाल अनाथालयका प्रमुख पक्राउ


प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मङ्गलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सूचना आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो । “कार्यालय प्रमुखबाट नाबालिकामाथि यौनजन्य दुव्र्यवहार भएको सूचना पाएपछि नियन्त्रणमा लिएका हौँ ।” उहाँले भन्नुभयो, “मौखिक सूचना आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ ।”

अनाथालयमै आश्रय लिएका एक नाबालिकको गर्भ तुहाएपछि घटना बाहिरिएको हो । अभिभावकविहीन बालबालिकाको आश्रयस्थलमै नाबालिक असुरक्षित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com