नेपालका सरकारी वेबसाइटहरू डाउन, साइबर आक्रमणको आशंका


प्रकाशित मिति : माघ १४, २०७९ शनिबार

turned on gray laptop computer

बाहिरबाट साइबर आक्रमणको आशंकामा नेपाल सरकार माताहत रहेका सबै वेबसाइटहरू केही घण्टासम्म बन्द रहे । सर्भरमा समस्या आएपछि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू बन्द गरिएको थियो । अहिले वेवसाइटहरु सुचारु भइसकेका छन् ।

सर्भरमा समस्या आएकाले सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले पुष्टी गरेका थिए ।
बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको उनले बताएका थिए ।

Matrix movie still

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा उडान दुई घण्टा अवरुद्ध बनेको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सर्भर डाउनपछि ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान गराइएको थियो ।

जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उहाँको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उहाँले जानकारी दिनुभयो ।

महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो । उहाँले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गर्नुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com