कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

कुवेत, ९ साउन । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ ।

सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल सबाहले युरोपेली युनियनका विदेश मामिला सम्बन्धी प्रमुख फेडरिका मागरिनीसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले पछिल्लो समयमा कतारमा जारी सङ्कटको समाधानका लागि मागरिनीको ध्यानाकर्षण गराउदै युरोपेली युनियनले यसका लागि के कस्तो सहयोग गर्नसक्छ भन्ने बारेमा जिज्ञासा राख्नुभएको थियो ।

गएको करिब डेढ महिनादेखि कतारमा कूटनीतिक सङ्कट सुरु भएको छ । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर कुवेतले भने सुरुदेखि नै वार्ताका लागि पनि मध्यस्थताको पहल गर्दै आएको छ । कुवेतकै पहलमा केही समयअघि कतारबाहेकका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठकको आयोजना उसले गरेको थियो ।

युरोपेली युनियनका विदेशनीति सम्बन्धी प्रमुख मागरिनी हाल कुवेतमा हुनुहुन्छ । सोही क्रममा सोमबार उहाँ र कुवेती विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । उहाँ आइतबार कुवेत पुग्नुभएको हो ।

कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी समेत गरेका छन् । नाकाबन्दी अन्त्यका लागि ती देशले जुन २३ मा कतार समक्ष १३ बुदे शर्त राखेका छन् ।

यसैबीच सो समस्या समाधानको पहलस्वरुप टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले पनि गल्फ राष्ट्रहरुको भ्रमण सुुरु गर्नुभएको छ । उहाँ आइबार साउदी अरेबिया पुग्नुभएको बताइएको छ ।

टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँले आइतबारदेखि नै सो भ्रमण सुरु गर्नुभएको छ र आइतबार उहाँले साउदी अरेबियाका राजालाई भेटगरी त्यस विषयमा कुराकानी गर्नुभएको बताइएको छ ।

यसअघि कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुग्नुभएको थियो ।

उहाँसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरु रहेको दावीगर्दै सम्बन्ध पुनस्र्थापनाका लागि कतारले आफ्ना शर्तहरु पालना गनुपर्नेमा जोड दिनुभएको थियो ।

कतारका छिमेकी खाडी मुलुकहरुले कतारले साउदी अरेबिया तथा खाडीका अन्य मुलुकसँगका सम्झौताहरु उल्लङ्घन गरेको बताएका छन् ।

तर यी सबै आरोपहरुको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमागि लगाइएका यी सबै आरोपहरु निराधार रहेको स्पष्ट रुपमा भन्दै आएको छ ।

पछिल्लो समयमा कुवेत सक्रिय रहेको छ भने युरोेपेली युनियनका उच्च अधिकारीले गरेको यस भ्रमणले पनि उक्त समस्याको समाधानका लागि सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com