न्युयोर्क समय अनुशार आज बेलुका साढे ७ बजे पृथ्वीको नजिकैबाट क्षुद्रग्रह गुज्रने


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

meteor, asteroid, space

न्युयोर्क समय अनुशार आज बिहिबार बेलुका ७ बजेर २७ मिनेटमा पृथ्वीको नजिकैबाट क्षुद्रग्रह गुज्रने भएको छ । मिनिबस आकारको यो क्षुद्रग्रह गुज्रने घटना पृथ्वीको सबैभन्दा नजिकमध्येको एक हो ।

२०२३ बीयु भनिने यो क्षुद्रग्रह पृथ्वीको सतहबाट लगभग २२ सय माइलमाथिबाट जानेछ । यो दूरी पृथ्वीको कैयन स्याटेलाइटहरु रहेको दुरीभन्दा पनि नजिक हो । नासाका अनुसार क्षुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा भने छैन। स्याटेलाइटमा प्रहार गर्ने सम्भावना पनि एकदमै कम छ।

साढे ३ मिटरदेखि साढे ८ मिटर परिधी रहेको यो अन्तरिक्ष चट्टान पृथ्वीको दक्षिण अमेरिकाको दक्षिणी छेउ नजिकबाट गुज्रेर वायुमण्डलमा प्रवेश गरेपछि फायरबलमा परिणत हुनेछ र विघटन हुनेछ। कुनै पनि बाँकी रहेको टुक्रा सानो उल्कापिण्डको रूपमा जमिनमा खस्ने जनाइएको छ ।

ESO/M. Kornmesser, CC BY 4.0, via Wikimedia Commons

सिकारु खगोलविद् गेनाडी बोरिसोभले शनिबार क्रिमियाको नौचनीमा रहेको मार्गो वेधशालाबाट उक्त क्षुद्रग्रह देखेका हुन् । बोरिसोभले यसअघि २०१९ मा इन्टरस्टेल धूमकेतु २१ पत्ता लगाएका थिए।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

साना ग्रहहरू, धूमकेतुहरू र अन्तरिक्ष चट्टानहरूको स्थिति ट्र्याक गर्ने माइनर प्लानेट सेन्टरले पनि यो क्षुद्रग्रहबारे ताजा रिपोर्टहरू प्राप्त गरेको छ । एक पटक पर्याप्त अवलोकनहरू दर्ता भएपछि केन्द्रले क्षुद्रग्रहको घोषणा गरेको हो ।

सन् २०१३ मा दक्षिणी रूस माथिबाट पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको प्रसिद्ध चेल्याबिन्स्क उल्का २० मिटर परिधीको थियो। यसले भुइँमा झरेर घरका झ्यालहरू चकनाचूर पार्नुका साथै एक झटका तरंग उत्पन्न गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com