शर्त हटाउन दिइएको आवेदन पेन्डिङ हुँदा २ बर्षे ग्रिनकार्डको अवधि अब थप ४ बर्ष लम्बिने


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

शर्त हटाउनका लागि दिइएको आवेदन पेन्डिङ हुँदा लगानी र विवाहका आधारमा प्राप्त २ बर्षे ग्रिनकार्डको अवधि युएससीआईएसले स्वत थप ४८ महिना लम्बाउने भएको छ । ग्रिनकार्डको शर्त हटाउन फाइल गरिएका आवेदनहरु आई ७५१ वा आई ८२९ का रिसिप्टले ४ बर्षसम्म स्टाटसको प्रमाणका रुपमा काम गर्ने युएससीआईएसले जनाएको छ ।

शर्त हटाउनका लागि दिइएको आवेदन पेन्डिङ रहेका लगानीमा आधारित शर्तसहितको ग्रिनकार्डको अवधि ४८ महिना लम्बिने प्रावाधन जनवरी ११ देखि लागु भइसकेको छ भने विवाहमा आधारित शर्तसहितको ग्रिनकार्डको अवधि स्वत ४८ महिना लम्बिने प्रावधान जनवरी २५ बाट लागु हुनेछ । युएससीआईएसले आई ७५१ वा आई ८२९ का रिसिप्टमा ४८ महिना लम्बिनेगरी भाषा समेत परिवर्तन गरेको छ ।

नयाँ आवेदनका सन्दर्भमा ४८ महिना लम्बिने व्यहोराको रिसिप्ट र पहिले नै आवेदन दिएका तर अहिलेसम्म पेन्डिङ अवस्थामा रहेकाहरुका सन्दर्भमा नयाँ रिसिप्ट पठाइने युएससीआईएसले जनाएको छ । त्यसैले विगतमा २४ महिना स्वत लम्बिने व्यहोराको रिसिप्ट पाएकाहरुले पनि नयाँ रिसिप्ट पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो रसिदका साथमा एक्सपायर भइसकेको वा हुन लागेको २ बर्षे शर्तसहितको ग्रिनकार्ड राखेको खण्डमा यसले सशर्त ग्रिनकार्डवाहकका रुपमा ४८ महिनासम्म वैध स्टाटस प्रमाणित गर्दछ । यी कागजातका आधारमा अमेरिकामा रोजगारका लागि योग्य रहेको प्रमाणित गर्न सकिनुका साथै विदेशको भ्रमण गरेर अमेरिका फर्कन समेत सकिन्छ ।

यदि कसैको शर्तसहितको २ बर्षे ग्रिनकार्ड पनि एक्सपायर भएको छ र शर्त हटाउनका लागि उचित तरिकाले फाइल गरिएको आई ८२९ वा आई ७५१ आवेदनको रिसिप्टको अवधि पनि एक्सपायर भएको छ भने यात्रा र रोजगारका लागि प्रमाणको रुपमा काम गर्नेगरी अवधि अझै थप्नका लागि युएससीआइएसको सम्पर्क केन्द्रमा फोन गर्न सक्नेछन् । त्यहाँ फोन गरेर फिल्ड अफिसमा अप्वाइन्टमेन्ट तय गर्न सकिनेछ ।

अप्वाइन्टमेन्टका बेलामा अध्यागमन अधिकारीले शर्तसहितको ग्रिनकार्डको कागजात जारी गर्न वा अस्थायी ग्रिनकार्डका रुपमा काम गर्ने छाप लगाउन सक्नेछन् । अधिकारीले आई ९४ फर्ममा वा म्याद नसकिएको पासपोर्टमा अस्थायी ग्रिनकार्डका रुपमा काम गर्ने आई ५५१ छाप लगाउन सक्नेछन् । यो छापका आधारमा अमेरिकामा काम गर्न वा अमेरिका बाहिर गएर आउन सकिनेछ ।

शर्तसहितको ग्रिनकार्डवाहक अमेरिका बाहिर एक वर्ष वा सोभन्दा बढी समयको लागि बस्ने योजना भएमा अमेरिका छोड्नु अघि फारम आई १३१ फाइल गरेर पुन प्रवेश अनुमतिको लागि आवेदन गर्नुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com