बाँकेकी निर्मला कुर्मीको अपहरण र हत्याको मामिलामा निस्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरु पक्राउ परेका छन् ।
माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको महिला अधिकारकर्मी रुबी खानले नेतृत्व गरेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ । २०७६ चैत १४ मा निर्मलाको शंकास्पद मृत्यु भएदेखि न्यायको माग उनीहरू आन्दोलनरत छन् ।
कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐकवद्धता जनाउँदै आएका छन् । आजको प्रदर्शनमा उनीहरुले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा कुर्मीको हत्याको घटनामा न्यायिक आयोग गठन गर्न माग गरेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।