निर्मला कुर्मीका लागि न्याय माग्दै प्रदर्शन,अधिकारकर्मीहरु पक्राउ
प्रकाशित मिति : माघ ९, २०७९ सोमबार
बाँकेकी निर्मला कुर्मीको अपहरण र हत्याको मामिलामा निस्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरु पक्राउ परेका छन् ।
माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको महिला अधिकारकर्मी रुबी खानले नेतृत्व गरेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ । २०७६ चैत १४ मा निर्मलाको शंकास्पद मृत्यु भएदेखि न्यायको माग उनीहरू आन्दोलनरत छन् ।
कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐकवद्धता जनाउँदै आएका छन् । आजको प्रदर्शनमा उनीहरुले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा कुर्मीको हत्याको घटनामा न्यायिक आयोग गठन गर्न माग गरेका थिए ।






