७३ हजारभन्दा कम आम्दानी हुनेले निशुल्क फाइल गर्नुहोस् अमेरिकामा ट्याक्स


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

stack of papers flat lay photography

७३ हजारभन्दा कम बार्षिक आम्दानी हुनेहरुका लागि निशुल्क ट्याक्स फाइलको व्यवस्थाबारे त थाहा पाउनु भएकै होला । तर यसरी ट्याक्स फाइल गर्दा ट्याक्स फाइल गर्ने प्लेटफर्मको सही छनौट गर्नुपर्छ । अन्यथा राज्यमा छुट्टै ट्याक्स फाइल गर्नुपर्ने वा आईआरएसमा ट्याक्स फाइल गर्दा राज्यको ट्याक्स फाइल गर्न छुट्ने खतरा पनि हुनसक्छ ।

यदि तपाई न्युयोर्क राज्यमा हुनुहुन्छ भने तपाईले ३ वटा प्लेटफर्मबाट राज्य र आईआरएसमा एकैपटक निशुल्क करफाइल गर्न सक्नुहुनेछ । निशुल्क करफाइल गर्दा तपाईले सशुल्क करफाइलका लागि लाग्ने रकम बचाउन सक्नुहुनेछ । कर फाइलका लागि लाग्ने औषत रकम न्युयोर्कमा २५० डलरदेखि ३ सय डलरसम्म रहेको छ ।

यदि तपाईको आम्दानी ४१ हजारभन्दा कम रहेको छ भने तपाईले यो प्लेटफर्मको प्रयोग गरेर निशुल्क ट्याक्स फाइल गर्न सक्नुहुनेछ ।

त्यस्तै ४१ हजारभन्दा कम आम्दानी हुनेहरुले यहाँबाट पनि निशुल्क ट्याक्स फाइल गर्न सकिन्छ ।

५७ बर्षभन्दा कम उमेरको र ६० हजारभन्दा कम आम्दानी हुनेहरुले ट्याक्स स्लेयरमार्फत निशुल्क फाइल गर्न सक्नुहुनेछ ।

गतबर्ष तपाईले निशुल्क फाइल गरेको सफ्टवेयर यो बर्ष सुचिकृत छैन भने पनि तपाईले माथि उल्लेखित प्लेफर्मबाट ट्याक्स फाइल गर्न सक्नुहुनेछ ।

अनलाइनबाट ट्याक्स फाइल गर्नु अगाडि तपाईले न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ ट्याक्सेसन एण्ड फाइनान्समा आफ्नो अनलाइन एकाउन्ट बनाउन सक्नुहुनेछ । तपाईले सबै संचारहरु अनलाइनमा नै प्राप्त गर्न सक्नुहुनेछ ।

अब तपाईले माथि उल्लेखित कुनै प्लेटफर्मबाट निशुल्क ट्याक्स फाइल गर्दा सन् २०२२ मा गरेको सबै आम्दानीकाृे विवरण राख्नुहोला । तपाईले प्राप्त गरेका डब्लु टु र अन्य १०९९ फर्महरु पनि साथमा राख्नुहोला । ट्याक्स फाइल गर्दा रिफण्डका लागि डाइरेक्ट डिपोजिटको विकल्पसहित आफ्नो बैंक एकाउन्ट दिनुहोला । यसो गर्दा तपाईले छिटो रिफण्ड प्राप्त गर्नुहुनेछ ।

person holding fan of us dollar bill

ट्याक्स फाइल गरिसकेपछि तपाईले अनलाइनमा आफ्नो रिफण्ड स्टाटस हेर्न सक्नुहुनेछ । रिफण्ड स्टाटस हेर्न यहाँ क्लीक गर्नुहोला ।

आईआरएसबाट प्राप्त हुने रिफण्डको स्टाटस हेर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाईले रिफण्ड प्राप्त गर्नुहुनेछैन तर तपाईले ट्याक्स तिर्नुपर्ने छ भने न्युयोर्कको वेवसाइटमा गएर आफ्नो अनलाइन एकाउन्टमार्फत  रकम तिर्न सक्नुहुनेछ । आईआरएसको रकम छुट्टै तिर्नुपर्छ ।

यदि तपाई न्युयोर्कबाहिर बस्नुहुन्छ ? कुन प्लेटफर्मबाट राज्य र संघीय कर निशुल्क फाइल गर्ने भन्नेबारे अन्यौलमा हुनुहुन्छ ?

यहाँ क्लीक गर्नुहोला ।

आईआरएसको निशुल्क कार्यक्रम अन्तरगत ट्याक्स फाइल गर्दा व्यक्तिको जानकारी कुनै पनि अनाधिकृत पहुँचबाट सुरक्षित गरिएको आईआरएसले जनाएको छ । कम्पनीहरूले फाइल गर्नेको जानकारी ट्याक्स रिटर्नको तयारी बाहेक अन्य उद्देश्यका लागि खुलासा वा प्रयोग गर्न नसक्ने तथा यी कम्पनीहरू फेडरल ट्रेड कमिशनको प्राइभेसी र सेफगार्ड्स नियम अन्तरगत तथा आईआरएसको ईफाइल नियमको अधीनमा छन्।

तपाईको निशुल्क फाइलका लागि योग्यता पुग्ने नपुग्ने वा कुन कम्पनीमार्फत फाइल गर्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com