नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यी हुन् थपिएका मन्त्री (सूचीसहित)


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

sf7df8f}F, # df3M gjlgo’Qm dGqLx?nfO{ zky /fi6«klt ljBfb]jL e08f/L dªunaf/ /fi6«klt ejg zLtnlgjf;df cfof]lht ljz]if ;df/f]xdf gjlgo’Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpg’x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्या भण्डारी राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त एक उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

प्रचण्डको मन्त्रीमण्डमा ४ जना उपप्रधानमन्त्री छन् । ३ जना भने राज्यमन्त्री छन् ।

प्रचण्डले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलको साथ र समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले पुस ११ मा शपथ ग्रह गर्दा नै पहिलो चरणमा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । पुस २६ मा संसदमा विश्वासको मत लिने क्रममा भने प्रधानमन्त्रीले राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदूर किसान पार्टी नेमकिपाका प्रेम सुवाल बाहेक सवै उपस्थित सांसदहरुबाट विश्वासको मत प्राप्त गरेका थिए ।

तर सरकार निर्माणका क्रममा नागरिक उन्मुक्ति सहभागी छैन । उसले पार्टीका सस्थापक नेता रेशम चौधरी लगायतको रिहाईको माग गरिरहेको छ । जसपा भने सत्ता गठबन्धनमा भागबन्डा लगाउँदा प्राप्त गरेको २ मन्त्रालयमा असन्तुष्ट भई मंगलबार सरकारमा सहभागी भएन । यधपी, उसका लागि २ मन्त्रालय भने प्रधानमन्त्रीले अझै आफैसँग राखेर सुरक्षित राखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसपा सरकारमा सहभागी नभए ती दुई मन्त्रालय एमाले र माओवादीकाबीचमा एक एक वटा भागबन्डा लगाउने तयारीमा प्रधानमन्त्री छन् ।

प्रचण्डको क्याबिनेटमा गृह, पराराष्ट्र लगायतका महत्वपूर्ण मन्त्रालय यसपटक नयाँ अनुहारले प्राप्त गरेका छन् । सरकारमा एमालेबाट ८, आफनो पार्टी माओवादीबाट आफु बाहेक ४ मन्त्री र एक राज्यमन्त्री, राप्रपा र राष्ट्रिय स्वतनत्र पार्टीबाट तीन तीन मन्त्री र एक एक राज्यमन्त्रीलाई सहभागि गराएका छन् ।

 

यस्तो छ प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल

प्रधानमन्त्री : पुष्पकमल दाहाल प्रचण्ड
उपप्रधानमन्त्री तथा अर्थ -विष्णु पौडेल
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात -नारायणकाजी श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री -रवि लामिछाने
उपप्रधान, उर्जा जलस्रोत तथा सिञ्चाई -राजेन्द्र लिङदेन
हरि उप्रेतीलाई -रक्षा,
विमला राई पौडेल- परराष्ट्र,
पदम गिरी-स्वास्थ्य तथा जनसंख्या
भगवती चौधरी- महिला बालबालिका
ज्वालाकुमारी साह- कृषि
राजेन्द्र राई -भूमि व्यवस्था सहकारी
ध्रुबहादुर प्रधान -कानून
विक्रम पाण्डे- सहरी विकास

शिशिर खनाल- शिक्षा
डिपी अर्याल- श्रम

रेखा शर्मा सञ्चार
सुदन किराँती -संस्कृति पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी -संघीय मामिला अमनलाल मोदी,

अब्दुल खान -वन

राज्यमन्त्रीहरुमा
दीपक सिंह -ऊर्जा राज्यमन्त्री

सुशीला श्रीपाली संस्कृतिक पर्यटन राज्यमन्त्री
डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com