ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ?


प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

100 US dollar banknote

आश्रितहरू भएका तर बाल कर क्रेडिटको लागि योग्य नहुने करदाताहरूले अन्य आश्रितहरूको लागि क्रेडिट दाबी गर्न सक्षम हुन सक्छन्। यो रिफण्ड नहुने क्रेडिट हो।

यसले करको बिल घटाउन सक्छ वा केही अवस्थामा कर बिल हटाउन सक्छ तर आईआरएसले करदातालाई बाँकी रहेको क्रेडिटको कुनै पनि अंश रिफण्डका रुपमा दिन सक्दैन ।

निश्चित सर्तहरू पूरा गर्ने प्रत्येक आश्रितको लागि अधिकतम क्रेडिट रकम ५ सय डलर हो । १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू सहित कुनै पनि उमेरका आश्रितहरूका सन्दर्भमा यो क्रेडिट लिन सकिन्छ । तर ती आश्रितहरुको सोसल सेक्युरिटी नम्बर वा व्यक्तिगत करदाता पहिचान नम्बर हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करदातामा आश्रित आमाबाबु वा अन्य योग्य आफन्तहरूका सन्दर्भमा पनि यो क्रेडिट लिन सकिन्छ । त्यस्तै करदातासँग बस्ने आश्रितहरू जो करदातासँग सम्बन्धित छैनन्, उनीहरुका सन्दर्भमा पनि यो क्रेडिट लिन सकिन्छ ।

बार्षिक आम्दानी २ लाख डलरभन्दा कम भएका करदाताले पूरै क्रेडिट पाउन सक्छन् भने त्योभन्दा बढी आम्दानीका सन्दर्भमा क्रेडिट फेज आउट हुन थाल्छ। संयुक्त ट्याक्स फाइल गर्ने विवाहित जोडीका सन्दर्भमा ४ लाख डलरभन्दा कम आम्दानी भएकाहरुले पूरै क्रेडिट प्राप्त गर्न सक्छन् ।

आश्रितहरुलाई ट्याक्स फाइलमा उल्लेख गर्नुपर्छ । बाल कर क्रेडिट वा अतिरिक्त बाल कर क्रेडिट दाबी गर्न १८ बर्षभन्दा माथिका आश्रितहरु प्रयोग गर्न पाइदैन । साथै आश्रित अमेरिकी नागरिक, नेशनल वा अमेरिका निवासी हुनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com