आईआरएसबाट लिनुपर्ने रिफण्ड रकम बाँकी छ ? जनवरीदेखि ७ प्रतिशत ब्याजसहित पाइने


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

100 US Dollar banknote

के अझै पनि तपाईले लिनुपर्ने ट्याक्स रिफण्ड छुटेको छ ? तपाईंलाई आईआरएसले उक्त रकममा जनवरीदेखि ७ प्रतिशत ब्याज दिनेछ । ढिलो ट्याक्स रिफण्डको ब्याज भुक्तानी जनवरीमा ७ प्रतिशत भएको आईआरएसले जनाएको छ ।

लाखौं अमेरिकीहरू अझै पनि आईआरएसबाट ट्याक्स रिफण्डका लागि पर्खिरहेका छन् । तर चिन्ता नगर्नुहोस्, तपाईको रकमले आकर्षक ब्याज जम्मा गरिरहेको हुनसक्छ । आईआरएसले सामान्यतया ट्याक्स फाइल गर्ने अन्तिम मितिभन्दा ४५ दिन ढिलो भएका रिफन्डमा ब्याज तिर्छ ।

ब्याज दर संघीय अल्पकालीन दरको आधारमा प्रत्येक त्रैमासिकमा समायोजन गरिन्छ। डिसेम्बरको ब्याजदर ६ प्रतिशत रहेको थियो तर जनवरी १ बाट बढाएर ७ प्रतिशत बनाइएको छ । एक वर्षअघिको ब्याजदर ३ प्रतिशत थियो ।

a group of coins

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोभेम्बरको मध्यसम्म आईआरएसले यस वर्ष प्राप्त करिब ३ दशमलव ७ मिलियन व्यक्तिगत कर रिटर्नहरू प्रशोधन गर्नुपर्ने थियो, जसमा त्रुटि सच्याउन वा अन्य विशेष ह्यान्डलिङ आवश्यक पर्ने १७ लाख रिटर्नहरू र थप २ मिलियन कागजी रिटर्नहरू समीक्षा र प्रक्रियाको लागि पर्खिरहेका छन्।

आईआरएस ब्याज भुक्तानी आर्थिक वर्ष २०२१ मा ३३ प्रतिशत बढेको छ, कर सङ्कलन एजेन्सीले व्यक्तिगत रिफण्डका लागि लगभग ३ दशमलव ३ बिलियन भुक्तान गरेको छ ।

गत वर्ष ९० प्र्रतिशत भन्दा बढी करदाताहरूले आईआरएसको अनुरोधमा इलेक्ट्रोनिक रूपमा आफ्नो ट्याक्स रिटर्न पेस गरे तापनि करिब १ करोड ७० लाखले कागजी फाइलिङ पठाएका थिए । जसले गर्दा रिटर्नको ढिलाई बढेको छ। वृद्ध अमेरिकीहरू जसले हुलाक मार्फत कागजी रुपमा आफ्नो रिटर्न फाइल गर्छन्।

परिणामस्वरुप कागजी फाइल गर्नेहरुले रिफण्ड प्राप्त गर्न असामान्य रूपमा लामो समय कुर्नुपरेको छ । पर्खने समय नियमित रूपमा छ महिना भन्दा बढी छ। नेशनल ट्याक्सपेयर एड्भोकेटको रिपोर्ट अनुसार केही अमेरिकीहरूले १० महिना वा सोभन्दा बढी पर्खिरहेका छन्।

प्रशोधन नगरिएको रिटर्नको थुप्रो महामारी सम्बन्धित अवरोधहरूबाट उत्पन्न भएको हो ।

यदि तपाईं अझै आफ्नो रिफण्ड पर्खिरहनु भएको छ भने यसको स्थिति ट्र्याक गर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com