आईआरएसले १४ मिलियनलाई पठायो महामारीको ट्याक्स ब्रेकमा छुटेको औषत १२३२ डलरको चेक


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

100 US dollar banknotes

फोटो: भियाचेस्लाभ बुब्लिक

अमेरिकामा आईआरएसले कोरोना महामारीको पहिलो वर्षमा सङ्कलन गरिएको बेरोजगारी लाभहरूमा कर छुटको लागि योग्य १२ मिलियन अमेरिकीहरूलाई ढिलोगरी रिफण्ड चेक पठाएको छ। एक समाचार विज्ञप्तिमा आईआरएसले २०२० को कर सिजनबाट १४ मिलियन कर फाइलहरु परिमार्जन गरेको जनाएके छ।

कुलमा यसले लगभग १४ दशमलव ८ बिलियन डलर रिफण्ड दिएको छ भने औषतमा एकजनाले १२३२ डलरको रिफण्ड पाएको आईआरएसले यसैसाता जनाएको छ । २०२१ मा ट्याक्स फाइल गर्दा केही करदाताहरूले रिफण्ड प्राप्त गरेपनि केहीले गरेका थिएनन् । तर आईआरएसले अहिले त्यसलाई सच्याएको छ ।

यो सुधार अमेरिकी उद्धार योजना ऐन २०२१ को परिणाम स्वरूप आएको हो । जसले वर्ष २०२० मा बार्षिक १ लाख ५० हजार भन्दा कम कमाउने व्यक्तिहरूको बेरोजगारी बीमा लाभहरूमा १० हजार २ सयसम्मको रकममा संघीय आयकर छुट दिएको थियो ।

तर राष्ट्रपति जो बाइडेनले मार्च २०२१ सम्म कानूनमा हस्ताक्षर गरेका थिएनन् । त्यतीबेला सम्म कैयन अमेरिकीहरूले वर्षको लागि आफ्नो ट्याक्स फाइल गरिसकेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

black ceramic mug beside white printer paper

संघीय सरकार र अधिकांश राज्यहरूले बेरोजगारी विमाबाट प्राप्त रकम र संघीय सहायता कार्यक्रमहरू मार्फत वितरित अतिरिक्त रकममा कर लगाउँछन् । तर एक सामान्य पेचेकको जस्तो बेरोजगारी सहायताबाट करहरू स्वचालित रूपमा कटौती हुँदैनन् ।

यद्यपी विमा रकम लिनेसँग संघीय र राज्य करहरू विथहोल्ड गर्ने विकल्प भने रहेको छ । तर धेरै करदाताहरू या त त्यो विकल्पको बारेमा अनभिज्ञ छन् वा कुनै पनि पैसा विथहोल्ड नगर्ने विकल्प छनौट गर्छन्।

द सेन्चुरी फाउन्डेसनका अनुसार २०२० मा करिब ४ करोड मानिसहरूले बेरोजगार सहायता रकम सङ्कलन गरेका थिए । औसत व्यक्तिले १४ हजार डलर प्राप्त गरेका थिए ।

यदि एक करदाता बेरोजगारी विमा रकममा कर छुटका लागि योग्य छन् तर उनीहरुको ट्याक्स रिटर्न आईआरएसले सच्याएको छैन भने तिनीहरूले संशोधित रिटर्न फाइल गर्नुपर्छ। यदि करदाताहरूले पहिले नै कर छुट दाबी गर्दै संशोधित रिटर्न फाइल गरिसकेका छन् भने उनीहरूले अर्को पेश गर्नु हुँदैन।

तपाईले आफ्नो परिमार्जित ट्याक्स रिटर्नको स्थीति चेक गर्न यहाँ क्लीक गर्न सक्नुहुनेछ ।

तपाईंले आफ्नो मौलिक रिटर्न फाइल गरेको मितिदेखि तीन वर्ष वा तपाईंले कुनै पनि कर तिरेको मितिदेखि दुई वर्षमा जुन पछाडि हुन्छ, त्यो अवधिसम्म ट्याक्स संशोधन फाइल गर्न र रिफण्ड दावी गर्न सक्नुहुनेछ ।

आईआरएसले सन् २०२० मा अन्य कर क्रेडिटहरूमा पनि समायोजन गरेको छ, जसमा अर्नड इन्कम ट्याक्स क्रेडिट, रिकभरी रिबेट कर क्रेडिट, अतिरिक्त चाइल्ड ट्याक्स क्रेडिट, प्रिमियम ट्याक्स क्रेडिट र एडभान्स ट्याक्स क्रेडिट समावेश छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com