नेकपा एसको सचिवालय बैठक बस्दै, सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गरिने


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

नेकपा एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन लिन आज सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्ने बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागितालगायत विषयमा निर्णय लिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो । सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको थियो ।

सचिवालय बैठकपछि आजै पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । उक्त बैठकमा सचिवालय बैठकको निर्णयानुसार दलका नेतालाई निर्देशन दिने तथा ह्वीप जारी गर्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । पार्टीको सङ्घीय प्रतिनिधिसभामा १० सदस्य छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com