कतारी कम्पनीद्वारा मदरसालाई साढे आठ लाख सहयोग


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

श्रावण ४, २०७४- कतारको नासर अल अलि इन्टरप्राइजेजका अध्यक्ष नासर अलि अल अलीले सिरहाको मदरसालाई ३० हजार रियाल (करिव ८ लाख ५० हजार रुपैयाँ) सहयोग गरेको छ ।

अलीले मदरसाका प्रधानध्यापक रजाक शम्सुल उलोमीलाई कतारमा सो रकम हस्तान्तरण गरेका हुन्। अलीले पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान गर्न आफूले सहयोग गरेको बताए ।

आफ्नो कम्पनीमा कार्यरत नेपाली कामदारबाट सिराहामा रहेको मदरसाको अवस्थाको विषयमा जानकारी पाएका थिए । अली सो मदरसा हेर्न सिराहा नै आउने भएको मदरसा व्यवस्थापन समितिका सदस्य इन्जिनियर मोहमद रेजाले बताए । यसअघि पनि उनले मदरसालाई ९ लाख रूपैयाँ नगद सहयोग पठाएका थिए । मदरसामा ४० जना विद्यार्थी र ५ जना शिक्षक छन् ।

यसैगरी उनले गोरखामा रहेको मदरसालाई ७ वर्षदेखि मासिक ५ हजार रियल (एक लाख ५० हजार रुपैयाँ) आर्थिक सहयोग गर्दै आएका छन् । उनले २०० जना टुहुरा बालबालिकालाई अविभावकत्व प्रदान गर्दै आइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com