पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक लागु नहुने


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

person holding black android smartphone

सन् २०२२ को कर बर्षमा लागु हुने तय भएको पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने ट्याक्स सम्बन्धि नयाँ नियम आगामी कर बर्ष २०२३ देखिमात्र लागु हुने भएको छ । आईआरएसले यो नियम लागु गर्नमा ढिलाई गर्ने घोषणा गरेको हो ।

आईआरएसका अनुशार यो नियम अब २०२३ मा आम्दानी गरेको रकमका सन्दर्भमा मात्र लागु हुने भएको छ । यी परिवर्तनहरूको कार्यान्वयनको समयरेखा सम्बन्धी धेरै चिन्ताहरू सुनिएको भन्दै आईआरएसले यो नियम लागु गर्नमा ढिलो गर्ने जनाएको छ ।

पुरानो कार्यतालिका अनुशार २०२२ मा गरेको आम्दानीका सन्दर्भमा आगामी ट्याक्स फाइल गर्दा यो नियम लागु हुने तय भएको थियो । अब २०२३ को आम्दानीको २०२४ मा ट्याक्स फाइल गर्दामात्र यो नियम लागु हुनेछ ।

यो नियम अनुशार आगामी ट्याक्स फाइल गर्दा साना व्यवसायहरु वा करदाताले पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमार्फत भएको आम्दानी अनिवार्यरुपमा आईआरएसमा रिपोर्ट गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

silver Android smartphone

विगतमा पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमा भएको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएतापनि गर्ने वा नगर्ने कुरा करदातामा नै भर पर्दै आएको थियो । विगतमा २० हजार डलरभन्दा माथि वा २ सय भन्दा बढी ट्रान्जेक्सनमात्र रिपोर्ट गर्नुपर्ने नियम थियो । नयाँ नियम अनुशार अब विद्युतीय पेमेन्ट नेटवर्क मार्फत भएका कुल ६ सय डलरभन्दा माथिको आम्दानीबारे अनिवार्य आईआएसमा रिपोर्ट गर्नुपर्नेछ ।

बर्षमा ६ सय वा त्योभन्दा बढी कारोबार भएको खण्डमा पेपलले प्रयोगकर्ताको व्यवसायिक कारोबार आईआरएसलाई जानकारी दिनेछ । कुनै बस्तु वा सेवामार्फत लेनदेन गरिएको रकमलाई व्यवसायिक कारोवारका रुपमा परिभाषित गरिएको छ ।

यो नियम अनुशार खासगरी तपाईले कुनै कम्पनीबाट रकम प्राप्त गर्नुभएको छ भने त्यस्तो रकम आईआरएसमा रिपोर्ट गर्नुपर्छ । व्यवसायले गरेको कारोबार र व्यक्तिले गरेको कारोबार दुबै व्यवसायिक कारोवार भएको खण्डमा आईआरएसमा रिपोर्ट गर्नुपर्छ ।

black ceramic mug beside white printer paper

कर तिर्नुपर्ने आम्दानी आईआरएसमा रिपोर्ट हुनबाट छुट्न नदिन यो प्रावधान ल्याइएको हो । यसअगाडि पनि पेपल लगाएका एप्लीकेशनले कारोबारबारे आईआरएसलाई जानकारी नगराएपनि करदाताले सबै आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने प्रावधान रहेको थियो ।

नयाँ प्रावधानले कसैले पेपल वा भेन्मोमा पठाएको उपहार लगायतका रकमलाई भने करको दायरामा राख्दैन । साथीहरु वा परिवारका सदस्यबाट प्राप्त उपहारको रकम करको दायरामा पर्दैन । उदाहरणका लागि कुनै रेष्टुरेण्टमा डिनर गर्दा तपाईले बिल तिर्नुभयो र त्यसको आधा रकम साथीले तपाईलाई पेपल वा भेन्मोमा पठाएको खण्डमा पनि त्यसको कर तिर्नुपर्दैन । तर कुनै कम्पनीबाट सेवा र सामाग्रीवापत रकम आएको छ भने त्यसको कर तिर्नुपर्नेछ ।

त्यस्तै इन्टरनेटमा सामान बेचेर पेपल लगायतबाट रकम लिनेले पनि उक्त रकम रिपोर्ट गर्नुपर्छ । प्रयोगकर्ताहरुले के बापत रकम पठाएको हो, छनौट गर्न पाउने विकल्प समेत हुन्छ । यदि उनीहरुले सेवा वा सामाग्रीवापत रकम पठाएको विकल्प छनौट गरेमा उक्त रकम आईआरएसमा रिपोर्ट गर्नुपर्छ ।

पेपलले आफ्ना प्रयोगकर्ता समक्ष उनीहरुको सोसल सेक्युरिटी नम्बर, व्यक्तिगत ट्याक्स आईडी नम्बर वा कम्पनी भएको खण्डमा कम्पनीको एनआईएन नम्बर मागिरहेको छ । उक्त विवरण पहिले नै नबुझाएका प्रयोगकर्ताले यो विवरण पेपल लगायतका पेमेन्ट एप्लीकेशनलाई बुझाउनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com