नेपालमा १९ वर्ष दुई महिना जेल सजाय भोगेपछि चार्ल्स शोभराज डिपोर्ट, नेपाल आउन १० बर्ष रोक


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । शुक्रबार साँझ साढे ६ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फ्रान्सतर्फ लागेका हुन् ।

उनी कतार एयसवेजको विमान स्वदेश फर्किएका हुन् ।  केन्द्रीय कारागारबाट हिरासतमुक्त सिरियल किलर शोभराजलाई अध्यागमन विभागले साँझको छ बजे फ्रान्स पठाएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्।

अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।  बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com