चार्ल्स शोभराज थुनामुक्त, १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्चको आदेश


प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

सर्वोच्च अदालतले बिकिनी किलर नामले चिनिने फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ।  न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो । आदेशमा शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन भनिएको छ ।

‘थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी निवेदन पेश भएको रहेछ’, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गर्नु भनी आदेश जारी गरेको हो ।’

१९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा उनले कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।  अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com