अमेरिकामा १० हजार डलर वा सो भन्दा बढी रकम बैंकमा जम्मा गर्दा आईआरएसको अनुसन्धान


प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार

100 US dollar banknotes

अमेरिकाको बैंक गोपनियता ऐन अनुशार बैंकमा एकपटकमा १० हजार डलर वा सोभन्दा माथिको रकम डिपोजिट भएको खण्डमा बैंकले आईआरएसलाई रिपोर्ट गर्नुपर्छ । मुद्रा र विदेशी लेनदेन रिपोर्टिङ ऐनका रुपमा चिनिने यो ऐन अनुशार १० हजार डलर वा सोभन्दा माथिको रकम एकैपटक डिपोजिट भएमा त्यसलाई शंकास्पद गतिविधिका रुपमा हेरिन्छ ।

सन् १९७० देखि सुरु भएको यो कानून अनुशार बैंकले १० हजार वा सोभन्दा माथिको रकम चेक वा नगद डिपोजिट भएको खण्डमा मात्र होइन, बैंकबाट एउटै ट्रान्जेक्सनका रुपमा निकालिएको खण्डमा समेत आईआरएसलाई रिपोर्ट गर्नुपर्छ । आईआरएस फर्म ८३०० भरेर बैंकले यसबारे आईआरएसलाई जानकारी दिन्छ । र आवश्यक परेको खण्डमा आईआरएसले यसबारे अनुसन्धान गर्नसक्छ ।

यसरी डिपोजिट भएको वा निकालिएको १५ दिनभित्र बैंक वा क्रेडिट युनियनले आईआरएसलाई रिपोर्ट गर्नुपर्ने प्रावधान छ । गैरकानूनी गतिविधि, चोरी, मनी लण्डरिङ वा अपराधिक तथा आतंकवादी संगठनलाई सहायता भएको हुनसक्ने आशंका अनुशार यस्तो रकमबारे छानविन हुनसक्छ । तर यसरी रिपोर्ट हुँदैमा तपाईले अपराधै गरेको भन्ने अर्थ भने हुँदैन । यदि तपाईको रकम स्वच्छ छ भने तपाईले डराउनु पर्दैन ।

१० हजार डलरभन्दा माथिको डिपोजिट भइसकेपछि बैंकले फाइल गरेको रिपोर्ट आईआरएसले स्थानीय र राज्यका अधिकारक्षेत्र हुँदै राष्ट्रिय स्तरसम्म पठाउँछ । जसबाट तपाईको उक्त रकम कहाँ गयो भन्नेबारे निगरानी हुने गर्छ । यदि रकम चोरिएको हो भने वा चोरेर बैंकमा लगेर डिपोजिट गरिएको आशंका भएमा नगद डकैतीको रिपोर्टहरुसँग तपाईको रकमको नम्बरहरु चेकजाँच गरिनेछ ।

तर सामान्य अवस्थामा १० हजार डलर वा सोभन्दा माथिको नगद डिपोजिटमा अधिकांश मामलाहरु भने कुनै घटनाविना नै अगाडि बढ्छन् । आईआरएसलाई सुचित गरिएको खण्डमा तपाईको बैंकले यसबारे तपाईलाई पनि सुचित गर्छ । यदि एकाउन्ट होल्डर आफैले नभई दोश्रो व्यक्तिले रकम डिपोजिट गरेको खण्डमा पनि यसबारे शंकास्पद गतिविधिका रुपमा अनुसन्धान हुनसक्छ ।

१० हजार डलर एकैपटक डिपोजिट गर्दा आईआरएसमा रिपोर्ट हुने भएकाले एकैदिनमा १० हजार डलरका तीन चार ट्रान्जेक्सन बनाएर डिपोजिट पनि गर्नु हुँदैन । यस्तो गरेको खण्डमा पनि शंकास्पद गतिविधिका रुपमा रिपोर्ट हुनसक्छ । तर सामान्यतया बैंकले १० हजार भन्दा कमको ट्रान्जेक्सनबारे आईआरएसलाई रिपोर्ट गर्ने सन्दर्भमा त्यती महत्व दिदैन ।

सामान्यतया तपाईले ९ हजार ९ सय ९९ सय डलर एकपटक डिपोजिट गर्नुभएको खण्डमा यो आईआरएसमा रिपोर्ट गर्नुपर्ने दायरामा पर्दैन । तर तपाईले हरेक दिन ९ हजार ९ सय ९९ सय डलरका दरले कैयन दिनसम्म डिपोजिट गर्नुभएको खण्डमा भने शंकास्पद गतिविधिमा पर्नसक्छ । रकम निकाल्ने सन्दर्भमा पनि यही नियम लागु हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com