‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु


प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार

sf7df8f}F, !! dªl;/ -/f;;_ M g]kfn snf kl/ifbsf] cfof]hgfdf aa/dxnl:yt kl/ifb ejgdf cfO{taf/b]lv ;’? …g]kfnsf b]ptfx?Ú gfds lrqsnf k|bz{gL /flvPsf lrqsnf tyf d”lt{snf . tl:a/ M /Tg >]i7, /f;; .

‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ ।

नेपाल कला परिषद् र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा आजदेखि सुरु भएको उक्त प्रदर्शनीको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल कला क्षेत्रको धनी मुलुक भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई कलाको हवका रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताउनुभयो । उहाँले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौँ महानगरपालिकाले नेपाल कला परिषद्सँग मिलेर काम गर्न सुरु गरेको उल्लेख गर्नुभयो ।

आगामी मङ्सिर २५ गतेसम्म चल्ने उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपालको हिन्दू धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषद्का अध्यक्ष सागरशमशेर जबराले जानकारी दिनुभयो । प्रदर्शनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजदेखि सुरु भएको प्रदर्शनीमा एक सय ६० कलाकारले बनाएका कलाकृति राखिएका छन् । ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकले लिएको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीसमेत हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com