राष्ट्रपति ट्रम्पको हस्तक्षेपपछि अमेरिकी भिषा पाउने बालिकाहरु


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

असार २९, २०७४- छ जना अफगानी स्कूले बालिकाहरुले अमेरिकी भिषाको लागि आवेदन दिइन् । तर, दुई पटकको अन्तर्वार्ता पछि उनीहरुको आवेदन अस्वीकार गरियो । यस विषयले अमेरिकी प्रशासनमा हल्लीखल्ली नै मच्चियो ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि छ वटा मुस्लिम मुलुकहरुका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएपनि अफगानिस्तान त्यसभित्र पर्दैन । यद्यपी एउटा रोबोटिक यन्त्रको प्रतियोगितामा भाग लिनका लागि एक साताको यात्रा अनुमति मागिएको आवेदन अमेरिकी भिषा काउन्सिलरले अस्वीकार गरिएको थियो ।

तर, यो विषयमा राष्ट्रपति ट्रम्प  आफैले चासो लिएपछि उनीहरुलाई पछि भिषा दिइएको अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि भिषा आवेदन अस्वीकृत गरिएको गाम्बियाका स्कूले बालिकाहरुलाई पनि भिषा दिइएको छ ।

समाचार एजेन्सी एपीका अनुसार होमल्याण्ड सेक्यूरिटी विभागका प्रबक्ता डुभिड लपनले परराष्ट्र मन्त्रालयको आग्रहमा ति अफगानी किशोरीहरुलाई भिषा दिइएको स्वीकार गरेको छ । राष्ट्रपत कार्यालय ह्वाइट हाउसकी प्रबक्ता सारा हकवीले पनि राष्ट्रपति ट्रम्पको हस्तक्षेप पछि उक्त आग्रह गएको बताएकी छिन् ।
‘हामी कुनै आत‌ंकावादी थिएनौं, जो अमेरिकीहरुलाई तर्साउनका लागि जान लागेका’ तिनै मध्येकी १४ बर्षीया फातिमा घडर्यनले एएफपीलाई भनेकी छिन्, ‘हामी त्यहाँ अफगानी स्कूले बालिकाहरुको शक्ति र सीप अमेरिकीलाई देखाउन मात्र जान लागेका थियौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको हस्तक्षेपपछि अफगानी र गाम्बियाका संकूले केटीहरुले भिषा पाए लगतै उनकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्पले ट्वीट गरि भ्याएकी छिन्, ‘म यि प्रतिभाशाली अफगानी केटीहरु र उनीहरुका प्रतिस्पर्धीहरुलाई वासिङ्टन डीसीमा स्वागतका लागि पर्खिरहेकी छु ।’

यो पहिलो पटक भएको स्कूले केटीहरुको रोबोटिक यन्त्र सम्बन्धी प्रतियोगितामा १५७ मुलुकका १६३ टोलीले भाग लिंदै छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com