पेपल लगायतमा गरेको आम्दानी यसपटकदेखि कस्ले आईआरएसलाई रिपोर्ट गर्नुपर्छ ?


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

ट्याक्स सम्बन्धि नयाँ नियमले अमेरिकामा लाखौं व्यवसायहरुलाई सन् २०२२ को ट्याक्स बर्षमा प्रभाव पारेको छ । आगामी ट्याक्स फाइल गर्दा साना व्यवसायहरु वा करदाताले पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमार्फत भएको आम्दानी पनि अब अनिवार्यरुपमा आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएको छ ।

विगतमा पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमा भएको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएतापनि गर्ने वा नगर्ने कुरा करदातामा नै भर पर्दै आएको थियो । चालु करबर्षदेखि लागु नियम अनुशार अब विद्युतीय पेमेन्ट नेटवर्क मार्फत भएका कुल ६ सय डलरभन्दा माथिको आम्दानीबारे अनिवार्य आईआएसमा रिपोर्ट गर्नुपर्नेछ ।

बर्षमा ६ सय वा त्योभन्दा बढी कारोबार भएको खण्डमा पेपलले प्रयोगकर्ताको व्यवसायिक कारोबार आईआरएसलाई जानकारी दिनेछ । कुनै बस्तु वा सेवामार्फत लेनदेन गरिएको रकमलाई व्यवसायिक कारोवारका रुपमा परिभाषित गरिएको छ ।

खासगरी तपाईले कुनै कम्पनीबाट रकम प्राप्त गर्नुभएको छ भने त्यस्तो रकम आईआरएसमा रिपोर्ट गर्नुपर्छ । व्यवसायले गरेको कारोबार र व्यक्तिले गरेको कारोबार दुबै व्यवसायिक कारोवार भएको खण्डमा आईआरएसमा रिपोर्ट गर्नुपर्छ ।

20 us dollar bill unsplash

यस अगाडि पेपल प्रयोगकर्ताको व्यवसायिक कारोबार बर्षमा २ सयपटक भन्दा बढी भएमा र २० हजार डलरभन्दा धेरै भएमा पेपलले फर्म १०९९ के आईआरएसलाई पठाउनुपर्ने प्रावधान रहेको थियो । अमेरिकन रेस्क्यु प्लानमा भएको प्रावधान अनुशार जनवरीबाट नयाँ नियम लागु गरिएको हो ।

कर तिर्नुपर्ने आम्दानी आईआरएसमा रिपोर्ट हुनबाट छुट्न नदिन यो प्रावधान ल्याइएको हो । यसअगाडि पनि पेपल लगाएका एप्लीकेशनले कारोबारबारे आईआरएसलाई जानकारी नगराएपनि करदाताले सबै आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने प्रावधान रहेको थियो ।

नयाँ प्रावधानले कसैले पेपल वा भेन्मोमा पठाएको उपहार लगायतका रकमलाई भने करको दायरामा राख्दैन । साथीहरु वा परिवारका सदस्यबाट प्राप्त उपहारको रकम करको दायरामा पर्दैन । उदाहरणका लागि कुनै रेष्टुरेण्टमा डिनर गर्दा तपाईले बिल तिर्नुभयो र त्यसको आधा रकम साथीले तपाईलाई पेपल वा भेन्मोमा पठाएको खण्डमा पनि त्यसको कर तिर्नुपर्दैन । तर कुनै कम्पनीबाट सेवा र सामाग्रीवापत रकम आएको छ भने त्यसको कर तिर्नुपर्नेछ ।

त्यस्तै इन्टरनेटमा सामान बेचेर पेपल लगायतबाट रकम लिनेले पनि उक्त रकम रिपोर्ट गर्नुपर्छ । प्रयोगकर्ताहरुले के बापत रकम पठाएको हो, छनौट गर्न पाउने विकल्प समेत हुन्छ । यदि उनीहरुले सेवा वा सामाग्रीवापत रकम पठाएको विकल्प छनौट गरेमा उक्त रकम आईआरएसमा रिपोर्ट गर्नुपर्छ ।

पेपलले आफ्ना प्रयोगकर्ता समक्ष उनीहरुको सोसल सेक्युरिटी नम्बर, व्यक्तिगत ट्याक्स आईडी नम्बर वा कम्पनी भएको खण्डमा कम्पनीको एनआईएन नम्बर मागिरहेको छ । उक्त विवरण पहिले नै नबुझाएका प्रयोगकर्ताले यो विवरण पेपल लगायतका पेमेन्ट एप्लीकेशनलाई बुझाउनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com