नयाँ प्रावधानका कारण उबर चालक र अनलाइन विक्रेताले पहिलो पटक ‘१०९९ के’ फारम प्राप्त गर्दै


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

black ceramic mug beside white printer paper

उबर लगायतका एप्लीकेशनमा काम गर्नेहरु र अनलाइन विक्रेताहरूले पहिलोपटक नयाँ वर्षमा १०९९ के कर फारम प्राप्त गर्ने भएका छन् । २०२२ कर वर्षको लागि प्रभावकारी भएको नयाँ प्रावधान अनुशार उनीहरुले यो कर फारम प्राप्त गर्ने भएका हुन् ।

नयाँ प्रावधान अनुशार तेस्रो पक्ष भुक्तानी नेटवर्कहरूले एक वर्षमा ६ सयडलर भन्दा बढी कमाउने कामदार वा विक्रेताहरूलाई १०९९ के फारमहरू पठाउन आवश्यक हुन्छ । विगतमा २० हजार डलर र २ सय ट्रान्जेक्सनको थ्रेसहोल्ड रहेकोमा यसपटकदेखि उक्त थ्रेसहोल्ड हटाइएको हो ।

green coupe scale model

यो प्रावधान सन् २०२१ को मार्चमा डेमोक्र्याट्सहरुले ल्याएको राहत बिलमा समेटिएको हो । यो प्रावधानका समर्थकले यसलाई सामाजिक सुरक्षा र अन्य सुविधाहरू प्राप्त गर्न सक्नेगरी कामदारको आय डकुमेन्टेड गर्नका लागि ल्याइएको बताएका छन् । आलोचकहरूले यसलाई बोझ वा नगद हडप भनेर वर्णन गरेका छन्।

इबे, पेपल, एयर बीएनबी लगायतका सदस्यहरु रहेको एउटा समुहले आकस्मिक बिक्रेता र माइक्रो(व्यवसायहरूलाई मद्दत गर्न यो परिवर्तन फिर्ता लिन संसदलाई दवाव दिइरहेको छ। तर संसदले कुनै कदम नचालेका कारण आगामी जनवरीदेखि १०९९ के प्राप्त गर्न थाल्ने भएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com