देश तटबन्ध भासियो


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

– मनोज बडू

असार २९, २०७४- वर्षाका कारण महाकालीको जलस्तर बढेपछि निर्माणाधीन तटबन्ध भत्कन थालेको छ । ४ वर्षअघि बाढीले क्षतिग्रस्त खलंगा बजारको बांगाबगड क्षेत्रमा निर्माणाधीन पक्की तटबन्ध महाकालीले कटान गर्दै छ ।

३ दिनअघिको अविरल वर्षाले नदीकिनारका ढुंगा बगाउँदा पक्की तटबन्धको पिँध भासिन थालेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । पारिपट्टि भारत, पिथौरागढ जिल्लाको खोतिल क्षेत्रमा गत असोज अन्त्यतिर गएको पहिरोले महाकालीको मूल प्रवाह नेपालतिर फर्किएको छ ।

बहाव नेपालतिर धकेलिएकाले तटबन्ध भासिएको आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताए । ‘काउन्टर रिटेनिङ वाल राख्न पाएको भए नदीले कटान गर्ने र भासिने सम्भावना कम हुन्थ्यो,’ उनले भने, ‘तटबन्धका अन्य प्याकेजजस्तै ठाउँ नपुग्दा राखिएको ग्रेभिटी रिटेनिङ वालका कारण पनि नदीलाई कटान गर्न सजिलो छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजनाको प्याकेज नम्बर १० निर्माण गरिएको ग्रेभेटी रिटेनिङ वाल भासिएको छ । स्कोडेफ डिजाइनमा तलबाट वाल उठाएर तटबन्ध निर्माण गरिएको हो । नदीको दुई तिहाइ भाग पहिरोले ओगटेकाले बहाब नेपालतिर धकेलिएको हो । देवकोटाले भने, ‘त्यसकारण २ मिटरमा स्कोडेफ राखेको र त्योभन्दा बढी स्क्रोल भयो । नदीको बीचमा रहेको ठूलो ढुंगाले पानीको बहावलाई वालको पिँधमा हान्यो । तटबन्धको फाउन्डेसन बगाउँदा वाल नदीतिर झुक्न गएको छ ।’

उक्त क्षेत्रमा काउन्टर रिटेनिङ वाल बनाउन ठाउँ अभावले ग्रेभेटी रिटेनिङ राखिएको थियो । उक्त टेवा पर्खाल भत्किएर महाकालीको बहाव बढे क्षति निम्तिन सक्छ । ‘महाकालीमा बहाव र पानी नबढ्ने हो भने त समस्या हुँदैन । तर टेवा पर्खाल ढल्यो र पानी बढ्यो भने बांगाबगड र घाटबजार पुन: समस्यामा पर्न सक्छ,’ उनले भने ।

सपोर्टको अभाव हुँदा नदीको बहाव र पानीसँगै बगेर आएका ढुंगाले पर्खालमा लगातार हान्ने गरेको तथा पानीले नदीको पिँधसमेत कटान गरेकाले टेवा पर्खाल भासिन सुरु भएको महाकाली नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ । भत्कन लागेको पर्खाल नदीमा परे थप समस्या सिर्जना नहोस् भनेर निरन्तर काम गरिरहेको देवकोटाले बताए । पिथौरागढ जिल्लाका डीएमसँगको द्विपक्षीय छलफलमा समयमै पहिरो हटाउने सहमति भए पनि भारतीय पक्षले त्यसको सुरसारै देखाएको छैन । भारतीय पक्षले पनि नेपालतिरको अवस्थालाई हेरी तुरुन्तै पहिरो हटाउने जानकारी दिएको थियो ।  नेपालतिरको अवस्थाबारे भारतीय समकक्षीलाई जानकारी गराए पनि वर्षामा पहिरो हटाउने कार्य सम्भवै नभएको प्रशासनले जनाएको छ ।

भारततिर पहिरो गएको ठाउँको ठीक वारितिर तटबन्ध राख्ने भन्दै मंगलबार मात्रै टेन्डर आह्वान गरिएको छ । ‘पहिरो गएको केही महिनामै तटबन्धका लागि टेन्डर आह्वान गरिएको भए अहिलेसम्म आधा काम सकिन्थ्यो । महाकालीले कटान गर्ने थिएन,’ स्थानीय भोजराज जोशीले भने, ‘सरकारले उक्त क्षेत्रमा तटबन्ध बनाउन गरेको ढिलासुस्तीले तटबन्ध भासिन पुग्यो ।’

साढे ४ किमि लम्बाइमा पक्की तटबन्ध निर्माण गरे सदरमुकाम खलंगा बजार पूरै सुरक्षित हुने हुँदा अहिलेसम्म ४ हजार २ सय ५० मिटर लम्बाइको पक्की तटबन्ध निर्माणका लागि टेन्डर भएको र ३७ सय मिटरमा मात्र पक्की तटबन्ध निर्माण भएको छ ।

सुरुको ५ वर्षे गुरुयोजनामा ३ अर्ब ५ करोड लागतमा पक्की तटबन्धसहित धौलाकोटदेखि लालीसम्म विभिन्न ठाउँमा साढे ८ किमिमा तारजाली हालेर ५ वर्षभित्र आयोजनाले निर्माण कार्य सम्पन्न गर्ने जनाएको थियो । आयोजनाले ४ वर्षसम्म १ अर्ब २० करोड बजेट खर्च गरेको छ । आगामी आवमा तटबन्धको काम सक्ने योजना भए पनि यही गतिले अगाडि बढे एक वर्षमै काम सम्पन्न हुने सम्भावना नरहेको आयोजना प्रमुख देवकोटाले बताए ।

चालु आवमा तटबन्ध निर्माणमा सबै प्याकेजमा गरी गत महिनासम्म ३७ करोड ५१ लाखभन्दा बढी खर्च गरिसकेको छ । यो वर्ष बाँकी कामका लागि ८ करोड माग गरिएको कार्यालयले जानकारी दिएको छ । भौतिक कार्य प्रगति भने ७० प्रतिशत मात्रै रहेको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com