दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता कायमै, एमालेकी कोमल वली २८८ मतले पछाडि


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा उहाँले दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उहाँहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ । अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।

सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले तीन हजार मत प्राप्त गर्नुभएको छ गर्नुभएको छ भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको छ ।

छ हजार छ सय ५८ मतगणना हुँदा उहाँहरुबीचको मतान्तर चार सय २३ रहेको छ । दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो ।

दाङ ३ (२) मास्कीको अग्रता

दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की(राजेश)ले दुई हजार आठ सय ५२ मत प्राप्त गर्नुभएको छ भने एमालेका हुकुम बस्नेतले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म छ हजार दुई सय ७७ मत गणना भएको छ । उहाँहरुबीचको मतान्तर तीन सय ७० रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ५० मत खसेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com