तनहुँ-१ मा कांग्रेसका पौडेलको अग्रता, एमालेका राना पछि-पछि


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसका रामचन्द्र पौडेलले अग्रता लिनुभएको छ ।
प्रारम्भिक चरणमा एक हजार मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले चार सय ३९ मत पाउनुभएको छ । नेकपा एमालेका एकबहादुर रानाले दुई सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९४, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ७३ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० मतदाता रहेकामा ६७ हजार १३० मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४.३६ प्रतिशत हो । तनहुँ–१ कम प्रतिनिधिसभामा १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तनहुँ–१ (१) मा पनि कांग्रेसले नै अग्रता लिएको छ । प्रारम्भिक चार सय मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले एक सय ७३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका राम बहादुर गुरुङले ९५ मत पाउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com