अमेरिकामा आजको रात १३ घण्टाको हुने, २ पटक बज्नेछ १, सुत्नु अगाडि मिलाउनुहोस् घडी


प्रकाशित मिति : कार्तिक १८, २०८० शनिबार

round black clock on linen

अमेरिकामा ५ नोभेम्बर २५ घण्टाको हुनेछ । किनभने  डेलाइट सेभिङ टाइम नोभेम्बर ५ को राती सकिने भएको छ । जस अन्तरगत नोभेम्बर ५ को विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा पुन १ बज्नेछ ।

बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप १ घण्टा अर्थात् ९ घण्टा सुत्न पाउनेछन् । रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ९ घण्टा काम गर्नुपर्नेछ ।

१ घण्टा समय पछाडि फर्किने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा पछाडि सार्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा पछाडि सर्नेछ ।

यो बर्ष मार्च १२ मा डे लाइट सेभिंग सुरु भएको थियो । उक्त दिन २३ घण्टाको रहेको थियो भने पूर्वीय समय अनुशार विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ नबजी एकैचोटी ३ बजेको थियो ।

अमेरिकामा दुई पटक घडी रिसेट गर्ने अभ्यासलाई अन्त्य गर्नेबारे बहस पनि भइरहेको छ । मेक्सिकोले वर्षमा दुई पटक घडी रिसेट गर्ने अभ्यासलाई अन्त्य गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com