एसईईमा ३.८ जिपीए ल्याउने चेपाङ छात्रालाई प्लस टु पढ्न समस्या


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

– प्रताप विष्ट

असार २६, २०७४- उनलाई विज्ञान बिषय लिएर कक्षा ११ मा भर्ना हुन मन छ । तर, खर्च नहुँदा पढ्नसक्ने सम्भावना छैन । एसईईमा ३ दशमलब ८ जिपिए ल्याउने मोनिका चेपाङको पीडा हो यो ।

हेटौडा उपमहानगरपालिका—१७ की १६ वर्षीया चेपाङ बाबु धनराजलाई साथमा लिएर सहयोगको निम्ति विभिन्न सरकारी,गैरसरकारी र दाताहरुको घरमा ढकढक्याउन पुगेकी छन्  ।

उनले स्थानीय रेडरोज विद्यालयबाट एसईई उत्तीर्ण गरेकी हुन् । उक्त विद्यालयले उनलाई नि:शुल्क पढाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मकवानपुरमा २०७३ सालको एसईईको परीक्षामा ५ जना छात्रासहित १९ जना चेपाङ सफल भएका छन । तीमध्ये ‘ए प्लस’ जिपिए ल्याउने मोनिकामात्र एक हुन ।

मोनिकाको आमा मन्जु चेपाङले पनि विगतमा यस्तै नियति भोगे थिइन । मुलुककै चेपाङ समुदायको महिलामा सबै भन्दा पहिलो एसएलसी उत्तीर्ण गर्ने मन्जु हुन् । साविकको नामटार गाविसकी उनले २०४९ सालमा गाउँकै विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी थिइन् ।

उनले एसएलसी गर्दा मुलुकमा एक जना चेपाङ महिलाले पनि एसएलसी गरेका थिएनन् भने मुलुकभर २० जनामात्र चेपाङ पुरुषले एसएलसी गरेका थिए ।  आर्थिक अभावका कारणले मन्जुले पनि पढने ईच्छा पूरा गर्न पाइनन् । उनलाई अभिभावकले तत्कालै विवाह गरिदिए । विवाह गरेसँगै उनको पढ्ने चाहना टुंगियो ।

छोरीलाई पढाउने मञ्जुको तीव्र ईच्छा छ तर आर्थिक अभावका कारण छोरीलेपनि आफ्नै नियति भोग्नुपर्ला भन्ने चिन्ता उनमा छ ।

मन्जुका तीन छोराछोरी छन् । मोनिका जेठी छोरी हुन । अर्का एक छोरा र छोरी स्थानीय विद्यालयमा अध्ययनरत छन् ।

मोनिकाले हेटांैडास्थित हेटौडा स्कुल अफ म्यानेजमेन्ट र मकवानपुरको वहुमुखी क्याम्पसमा विज्ञान संकायमा अध्ययन गर्न फार्म भरेकी छन् ।

‘दुवै कलेजमा भर्ना हुन नाम निस्कन्छ तर भर्ना हुने पैसा छैन कसरी पढने ?’ उनले गहभरी आँशु पार्दै भनिन ‘गरिबको कोखमा जन्मेपछि मनभरी पढने इच्छा भएपनि पढन पाइदो रहेनछ ।’ एसईई गर्न सम्वन्धित वोर्डिङले सहयोग गरेको थियो भने शैक्षिक सामाग्री र विद्यालयको पोशाक वावु आमाले दैनिक ज्यालादारी गरेर जुटाउने गरेका थिए । दैनिक ज्यालादारी गरेर मोनिकाका अभिभावकले परिवारलाई पालन पोषण गर्दै आएका छन्  ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com