विज एयरले दुई सातापछि गौतम बुद्ध विमानस्थलबाट उडान गर्ने


प्रकाशित मिति : कार्तिक ६, २०७९ आईतबार

विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलबाट उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले  उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ ।

उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com