डिभीका लागि फोटो खिच्दा ब्याकग्राउण्ड कस्तो हुनुपर्छ ?


प्रकाशित मिति : कार्तिक २, २०७० शनिबार

डिभी भर्दा चाहिने फोटोका लागि ब्याकग्राउण्ड सेतो हुनुपर्छ । पूर्णरुपमा सेतो नभएको खण्डमा सेतोकोमात्रा अधिंकाश भएको तर हल्का खैरो, पँहेलो वा अन्य हल्का रंग मिसिएको सेतो ब्याकग्राउण्ड भएपनि हुन्छ ।

फोटोको आकार र पोजिसनमा ध्यान दिनुहोस् ।

फोटो ६ महिनाभित्र खिचेको हुनुपर्छ । डिभीका लागि पेश गरिने फोटोकोे गुणस्तर र कम्पोजिशन पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटोकै जस्तो हुनु पर्दछ ।

ब्याकग्राउण्ड सेतो हुनुपर्छ । पूर्णरुपमा सेतो नभएको खण्डमा हल्का खैरो, पँहेलो वा अन्य हल्का रंग मिसिएको सेतो ब्याकग्राउण्ड भएपनि हुन्छ ।

गत साल डिभीको आवेदनमा पेश गरिएको फोटो पुनः पेश गरेमा, मिलाइएको फोटो प्रयोग गरेमा वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

अनुहारको अभिव्यक्ति निष्पक्ष भएको हुनुपर्छ ।

तपाईँको डिजिटल फोटो रङ्गिन, फोकस मिलेको, सादा सेतो वा हल्का रङ्गको पृष्ठभूमिमा खिचिएको, पूरा अनुहार देखिने गरी सिधा क्यामेरामा हेरी खिचिएको, अनुहारको अभिव्यक्ति निष्पक्ष भएको र दुवै आँखा खुला भएको, आफूले दिनदिनै लगाउने कपडामा खिचिएको हुनुपर्छ । चश्मा लगाएको हुनुहुँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चश्मा लगाएको हुनुहुँदैन ।

चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रबाट प्रतिलिपि उतार गरिएका वा स्क्यान गरिएका फोटोहरू मान्य हुँदैनन् ।

फोटोको रिजोलुशन र गुणस्तरमा ध्यान दिनुहोस् ।

स्न्यापशट, पत्रिकामा प्रकाशित फोटो, भेन्डिङ मेशिन वा मोबाइल फोनबाट खिचिएका कमसल गुणस्तरका फोटो वा पूर्ण–लम्बाइका फोटोहरू स्वीकार्य हुदैनन् ।

कपाल, पोशाक र टोपीमा ध्यान दिनुहोस् ।

फोटो जेपीजी फरम्याटमा हुनु पर्दछ भने फोटोकोसाइज २४० किलोबाइट वा सोभन्दा कम हुनु पर्दछ । फोटोको लम्बाइ र चौडाइ बराबर हुनु पर्दछ भने डाइमेन्सन कम्तीमा ६०० पिक्सेल ६०० पिक्सेल हुनु पर्दछ ।

छाया परेको वा बढी प्रकाश भएको हुनुहुदैन ।

सानो बच्चाको फोटो खिच्दा फोटोमा अन्य कुनै व्यक्ति हुनुहुँदैन । बच्चाको आँखा खुला हुनु पर्दछ र बच्चाले क्यामेरातिर हेरेको हुनु पर्दछ । बच्चालाई सादा सेतो वा हल्का तन्नामा पिठ्युँ पछाडि पारेर सुताएर फोटो खिच्न सकिन्छ । यसले गर्दा बच्चाको टाउकोलाई आड पुग्छ र फोटोको लागि सादा पृष्ठभूमि पनि सुनिश्चित हुन्छ ।

बच्चाको फोटो खिच्दा फोटोमा अन्य कुनै व्यक्ति हुनुहुँदैन ।

बच्चा पल्टेकोले खास गरी माथिबाट फोटो खिच्नुपरेको अवस्थामा बच्चाको अनुहारमा छाया पर्न नदिनुहोस् । त्यस्तै कारको सिटलाई सादा सेतो वा हल्का रङको कपडाले छोपेर र बच्चालाई कारको सिटमा राखेर पनि फोटो खिच्न सकिन्छ । यसो गर्दा पनि बच्चाको टाउकोलाई आड मिल्दछ ।

अनुहार पूर्णरुपमा देखिएको हुनुपर्छ । कपाल, मफलर वा अन्य कुनै गहनाले बाधा हालेको हुनुहुदैन ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको निर्देशिकामा आधारित ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com