मलेसियामा नेपालीको मृत्यु हुनुका कारण खोज्दै सरकारी टोली


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४

नेपालबाट आएको सरकारी चिकित्सकहरुसहितको टोलीले मलेसियामा नेपालीहरुको मृत्यु हुनुका कारणबारे मंगलबार यहाँ क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । कामदारको स्वास्थ्य समस्या बुझ्न पहिलोपटक मलेसिया आएको टोलीले नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, नेपाली व्यवसायी समाजलगायत नेपाली संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र श्रमिकहरुसँग यसबारे जानकारी लिएको हो ।

मंगलबार क्वालालम्पुरमा गैरआवासीय नेपाली संघ मलेसियाले गरेको अन्तरक्रिया कार्यक्रममा टोलीका सदस्यहरुले नेपाली कामदारको सुतेकैको अवस्थामा हुने गरेको उच्च मृत्युदर र यसका सम्भावित कारणबारे खोजबिन गर्नु जरुरी रहेको बताए । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका नेपालीहरुमध्ये दैनिक एकजनाको विभिन्न कारण मृत्यु हुने गरेको छ । तीमध्ये अधिकांशको सुतेकै अवस्थामा अचानक मृत्यु हुनेजस्ता गम्भीर स्वास्थ्य समस्या छ ।

कामदारका यस्ता गम्भीर समस्या बुझ्न गत जुन ३० मा मलेसिया उनीहरुले मृत्यु हुँदा पोस्टमार्टम गर्ने चिकित्सिकहरुलाई समेत भेट्ने प्रयास गरेको भए पनि तत्काल सम्भव नभएको बताए । ‘सुतेकै अवस्थामा मृत्यु भएपछि पोस्टमार्टम गर्ने चिकित्सकहरुसँग पनि भेटघाट गरेर थप जानकारी लिने प्रयासमा थियौं तर अहिले तत्काल सम्भव देखिएन ।’टोलीका एकजना सदस्य डा. रामेश कोइरालाले भने ‘तर हामीले यहाँको युनिभर्सिटी हस्पिटलका त्यस्ता ‘केस’ हेर्ने चिकित्सकसँग भेट्दैछौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोलीमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. केदार बराल, सहिद गंगालाल हृदयकेन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजु पोखरेल र श्रम मन्त्रालयबाट अर्जुन खनाल रहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली संघ संस्थाका प्रतिनिधिले कामदार बस्ने होस्टल अव्यवस्थित हुनु, असन्तुलित भोजन, अगुणस्तरीय मादक पदार्थ सेवन गर्नु, लामा समय काम गर्नु पानी कम पिउनु, स्वास्थ्यमा ध्यान नदिनु, कामदारको स्वास्थ्य समस्याप्रति रोजगारदाता गम्भीर नहुनु र उपचारमा ढिलाई हुनुलाई मृत्युका सम्भावित कारक हुनसक्ने जानकारी गराए ।

प्राध्यापक बरालले मलेसियाबाट नेपाल पुग्ने मृतकहरुको रिपोर्टमध्ये सबैभन्दा बढी ‘सडेन डेथ’(सुतेकै अवस्थामा अचानक मृत्यु हुनु) र ‘नेचुरल डेथ’भएको पाइएको बताए ।

प्राध्यापक कोइरालाले प्राथमिक उपचारसम्बन्धी ज्ञान नहुँदा कतिपयको ज्यान जानेको गरेको औंल्याए । ‘सडेन कार्डियक एरेस्ट, सडेन कार्डियक र हार्ट अट्याक जस्ता समस्याका लक्षण/संकेत देखिने वित्तिकै कृत्रिम श्वासप्रश्वास दिएमा बचाउन सकिन्छ । यस्तो ज्ञान नहुनु पनि एउटा कारण हुनसक्छ ।’

उक्त अवसरमा आफ्ना सहकर्मीको मृत्यु भएको घटनाबारे जानकारी भएका नेपाली कामदारहरुसँग समेत उनीहरुले कुराकानी गरे । टोलीले सुतेकै अवस्थामा हुने मृत्युबारे थप अध्ययन गरी यस्तो घटना न्युनीकरण गर्नतर्फ लाग्नुपर्ने बतायो । एक साताका लागि अध्ययन भ्रमणमा आएका उनीहरुले केही रोजगारदाता, कामदार र सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम छ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com