Follow @khasokhasmag

न्युयोर्कमा फोर्थ जुलाइको उत्सव हेर्ने ११ स्थान


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

स्वतन्त्रता दिवशको उत्सव मनाउनेमा न्युयोर्कलाई कसैले पनि जित्न सक्दैन । मेसी मलले आज मंगलबार स्वतन्त्रता दिवस अर्थात् फोर्थ जुलाईको अवशरमा आतसबाजी र उत्सव मनाउदैछ । मेसीले यसरी उत्सव मनाउन लागेको यो ४१ औं पटक हो । अतसवाजी बेलुका ९ बजेर २५ मिनेट जाँदा सुरु हुनेछ भने झण्डै २५ मिनेटसम्म हुनेछ । यसपटक म्यानहटनको इस्ट रिभरमा २४ देखि ४१ औं स्ट्रीटसम्म आतसवाजी उत्सव हुनेछ । विगतमा जस्तो बुक्रलिन ब्रिज पार्कबाट यो बर्षको उत्सव हेर्न सकिनेछैन । मेसीको उत्सव हेर्न नसक्नेहरुले कोने आइल्याण्डको र न्युजर्सीको एक्सचेन्ज प्लेसको फायरवर्क हेर्न सक्नेछन् । तल नक्सामा देखाइएका स्थानहरुबाट न्युयोर्कको स्वतन्त्रता दिवस उत्सव हेर्न सकिनेछ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com