अमेरिकालाई पठाएको एसपीपी पत्र संसदमा पढेर सुनाउन सांसदहरूको माग


प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार

सरकारले अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् ।

परराष्ट्र मन्त्री नारायण खड्काले साउन ९ गते स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र पठाएको बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन्।
मन्त्री खड्काको जवाफपछि सांसदहरु डा भीमबहादुर रावल, डा शिवमाया तुम्बाहाङ्फे, नवराज सिल्वाल, गगनकुमार थापा, महेश बस्नेत, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, घनश्याम खतिवडा, डा डिला सङ्ग्रौला, बिन्दा पाण्डेलयायतले सो पत्रको व्यहोरा संसद्मा वाचन गरेर सुनाउन माग गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com