अमेरिका लगायतका देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउँदै बेलायत


प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार

silhouette of passport booklet with airplane window background

बेलायतले अमेरिका लगायतका भिसा नचाहिने देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउने भएको छ । विद्युतीय यात्रा अनुमति ईटीए नामको यो प्रणाली सन् २०२४ भित्र लागु गर्ने योजनामा बेलायत रहेको छ ।

अमेरिकाले लागु गरेको यात्रा अनुमतिका लागि विद्युतीय प्रणालीयुरोपले लागु गर्न लागेको युरोपियन यात्रा सुचना तथा अनुमति प्रणालीजस्तै गरी बेलायतले पनि यो प्रणाली ल्याउन लागेको हो । यो प्रणाली अन्तरगत बेलायत जानका लागि भिसा नचाहिने देशका नागरिकहरुले यात्रा गर्नु अगाडि अनलाइनमा दर्ता गर्नुपर्नेछ ।

white and blue airplane on airport during daytime

सफलताका साथ दर्ता गरिसकेका यात्रुहरुलाई बेलायत प्रवेश गर्ने बेलामा अनुहार चिन्ने प्रणालीबाट जाँच गरिनेछ । त्यसपछि उनीहरुले बोर्डर चेकविना नै वा विद्युतीय पासपोर्टको गेटबाट बेलायत प्रवेश गर्न सक्नेछन् । अनलाइनबाट दर्ता गर्दा शुल्कसमेत लाग्नसक्ने अपेक्षा गरिएपनि बेलायत सरकारले अहिलेसम्म शुल्क भने तय गरिसकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमा र अध्यागमन प्रणालीको रूपान्तरणको एक भागको रूपमा यो प्रणाली लागु गर्न लागिएको बेलायतको होम अफिसले जनाएको छ । बेलायतमा उनीहरु आउनु अगाडि नै जोखिम छ वा छैन भन्नेबारे मूल्याङ्कन गर्न यो प्रणाली लागु गर्न लागिएको हो । युरोपियन इकोनोमिक एरियाबाट प्रवेश गर्नेहरुलाई समेत यो प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

युरोपका देशमा भिसा नचाहिने देशका नागरिकले यात्रा गर्न अनलाइनमार्फत दर्ता गर्नुपर्ने नियम आगामी मेबाट लागु हुने भएको छ ।

यी देशबाट युरोपको यात्रा गर्दा आगामी मेबाट विद्युतीय प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

९० दिनमात्र यात्रा गर्न चाहने भिजिटरका सन्दर्भमा यो नियम लागु हुनेछ ।

युरोपका यी देशहरुमा जानका लागि आगामी मेबाट विद्युतीय प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com