झापामा सशस्त्र र नेपाल प्रहरी विच झडप


प्रकाशित मिति : असार २३, २०७९ बिहीबार

झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्ता नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो।

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो।नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com