नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास प्रतियोगिता खेल्न अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा आयोजना हुने पाँचौ नेप्लिज अमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग अमेरिका प्रस्थान गरेका हुन् ।
भरत र नवयुग दुवैले आयोजक लस एन्जलस (एनएसी) टोलीतर्फ बाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता बाल्टिमोर एथ्लेटिक क्लबले आयोजना गर्नेछ । नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको राष्ट्रिय टिमको कप्तानी गरेका थिए । भरत खवास भने हाल राष्ट्रिय टिम बाहिर छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।