गणतन्त्र अस्ति त झण्डै गएको, बल्लबल्ल जोगाएका हौँ : अध्यक्ष उपेन्द्र यादव


प्रकाशित मिति : असार १३, २०७९ सोमबार

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जन्मका र लिङ्गका आधारमा विभेद हुँदासम्म मुलुकमा समाजवाद आउने सम्भव नभएको ठकुवा गरे । नेकपाका संस्थापक नेता नरवहादुर कर्माचार्यको स्मृतिमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै उनले भने ‘यी विभेदहरु जवसम्म अन्त्य हुँदैन तवसम्म समाजवादको कल्पना गर्न सकिदैन ।’

कार्यक्रमा बोल्दै अध्यक्ष यादवले भने ‘विगतमा भएका असमानता सच्याउनुपर्छ । वर्गीय विभेद, जात र कल्चर डिस्क्रेप्सन समाजवादको बाधा हो,  कम्युनिस्ट हुँदैमा समाजवाद  आउँछ भन्ने हुँदैन ।’

अहिले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रनै कमजोर अवस्था रहेको बताउँदै उनले भने ‘अस्ति त झण्डै गएको, बल्लबल्ल जोगाएको हो, भोली फेरि के हुने हो ठेगान छैन । समाजवादको राजनीतिक, समाजिक, आर्थिक र पर्यावरणीय सेयर सबैले पाउनुपर्ने उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com