पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।
शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिनुभयो । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।
बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।