खसोखासका प्रधानसम्पादक पन्थीद्वारा लिखित तेस्रो पुस्तक विमोचन


प्रकाशित मिति : असार ५, २०७९ आईतबार

लेखक तथा खसोखासका प्रधानसम्पादक किशोर पन्थीद्वारा लिखित तेस्रो पुस्तक ‘UNTRANSLATABLE’ काठमाण्डौँमा विमोचन भएको छ । पत्रकार पन्थीको  तेस्रो पुस्तक पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मी, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र व्यवसायी लोक तिवारीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

विमोचन कार्यक्रममा बोल्दै डा.बाबुराम भट्टराईले ‘UNTRANSLATABLE’ पुस्तक इतिहासको महत्वपूर्ण दस्ताबेज हुने बताउनु भएको छ । पुस्तकमा नेपालमा गएको बिनासकारी भुकम्पमा परेका मानिसहरुको कथा र भोग्नु परेका पीडाहरुलाई लेखिएको छ ।


यसैगरी अमेरिकाको न्यूयोर्कबाट सन्चालन हुने अनलाइन Nep York.com  शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भन्नुभयो, ‘मलाई किशोरजीले अनलाइनको नाम सुनाउन बित्तिकै निकै मन परेको थियो, अमेरिकामा बस्ने नेपालीका कथा संसारभरका मानिसले अंग्रेजीमा पढ्न पाउनु ठूलो कुरा हो,अझ खुशीको कुरा नेपाली टिमले आफै सञ्चालन गरेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर भट्टराईले  लेखक तथा प्रधानसम्पादक किशोर पन्थीको मेहनत र कार्यको प्रसंशा गर्दै सफलताको शुभकामना दिनुभयो ।

नमस्ते फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीले, पुस्तकको नाम जस्तै कथाहरु साँच्चैकै उल्था गर्न नसकिने खालका छन्, त्योबेला निकै कहाली लाग्दो थियो, जुनकुरा लेखकले पुस्तकमा जस्ताको त्यस्तै लिपिबद्ध गरेको बताउनुभयो ।

विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले ‘UNTRANSLATABLE’ पुस्तकका हरेक पान्ना खोल्दा अहिले पनि आफू घटनास्थलमै भएको अनुभूत गराउने बताउनुभयो । उहाँ यो पुस्तको एउटा महत्वपूर्ण पात्र पनि हुनुहुन्छ । खनालले भूकम्प गएको यतिका समय बित्दा पनि ऐतिहासिक संरचनाहरु निर्माण नहुनु निकै दुःखत कुरा भएको बताउनुभयो ।

यसैगरी खसोखासका सहकर्मी स्व.आषिस खनालको नाममा स्थापना गरिएको फाण्डेसनले ‘आषिस साँझ’ कार्यक्रम समेत गरेको थियो ।’आषिस साँझ’मा नेपालका चर्चित कलाकारहरुले सांगितक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com