Follow @khasokhasmag

मे ४ देखि जुन २ सम्म वर्क परमिट नविकरणका रिसिप्ट पठाउँदा युएससीआईएसको गल्ती, नयाँ रिसिप्ट पठाउने


प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार

मे ४ देखि जुन २ सम्म वर्क परमिट नविकरणका रिसिप्ट पठाउँदा युएससीआईएसले गल्ती गरेको छ । गलत सुचना सहित पठाइएका वर्क परमिट नविकरण आवेदनका रिसिप्टहरु सच्याएर पठाइने युएससीआईएसले जनाएको छ ।

यो अवधिमा पठाइएका वर्क परमिट नविकरण आवेदनका कतिपय रिसिप्टमा पुरानो वर्क परमिटको अवधि १८० दिन स्वत लम्बिएको उल्लेख गरिएको थियो । तर सच्याइएका रिसिप्टमा पुरानो वर्क परमिटको अवधि ५४० दिन स्वत लम्बिएको विवरण उल्लेख गरिने छ ।

प्रभावित आवेदकहरुले जुनको तेश्रो सातासम्म सच्याइएका रिसिप्टहरु प्राप्त गर्ने युएससीआईएसले जनाएको छ । मे ४ देखि लागु नयाँ नियम अनुशार वर्क परमिट नविकरणका लागि आवेदन दिंदा पुरानो वर्क परमिटको अवधि ५४० दिन स्वत लम्बिने व्यवस्था गरिएको थियो ।

यो नियम सन् २०२५ को अक्टोबर १५ सम्म लागु हुने भएको छ । तर युएससीआईएसले जुन ४ पछिपनि कतिपयलाई पुरानै विवरणसहितका रिसिप्ट पठाएको थियो । सच्याइएका रिसिप्टहरु छापिसकेको युएससीआईएसले प्रष्ट पारेको छ ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com