कतारले फिफाका उच्च अधिकारीलाई लाखौँ रुपैँया घुस दिएको तथ्य सार्वजनिक


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न कतारले फिफाका उच्च अधिकारीलाई लाखौँ रुपैँया घुस दिएको तथ्य सार्वजनिक भएको छ । जर्मनीबाट प्रकाशित हुने विल्ड नामक पत्रिकाले कतारले बिश्वकप आयोजना गर्न ठुलो आर्थिक चलखेल गरेको तथ्य सार्वजनिक गरेको हो ।

फिफाका पुर्ब छानविनकर्ता माईकल गार्सियाले तयार पारेको गोप्य दस्ताबेज सहित सो पत्रिकाले सन् २०२२को विश्वकप फुटवल आयोजना गर्न कतारले लाखौ रकम खर्चेको दाबी समेत गरेको छ । प्रतिवेदनमा विश्वकप आयोजना गर्ने सम्बन्धमा भएको मतदान पुर्व कतारी अधिकारीले फिफाका उच्च अधिकारीकी १० वर्षिय छोरी मार्फत २० लाख अमेरिकी डलर घुस दिएको उल्लेख छ ।
४२ पृष्ठ लामो गार्सियाको प्रतिवेदनमा फिफाका ती उच्च अधिकारीको नाम भने उल्लेख नगरिएको बीबीसीले उल्लेख गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको भ्रष्टाचार छानविन गर्ने अधिकार पाएका गार्सियाले फिफा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सन् २०१४ मा राजिनामा दिएका थिए ।   
पुर्व फिफा पदाधिकारीको पछिल्लो प्रतिवेदनसंगै विश्वकप फुटवलको तिब्र तयारीमा रहेको कतारको योजनामा समस्या थपिने विश्लेषण गरिएको छ । सन् २०२२ को विश्वकप फुटबल आयोजनाको जिम्मा पाएको कतारले भने यस बिषयमा कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विश्वकप फुटवल आयोजनाको जिम्मा लिन कतारले ठुलो आर्थीक चलखेल गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो ।    

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com