भिजिटर भिसामा अमेरिका गएका नेपाली ओभरस्टे हुने संख्या र दरमा बृद्धि, २७७१२ मध्ये १२६१ ओभरस्टे


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष २०२० मा अमेरिकामा भिजिटर भिसामा गएका जम्मा १२६१ जना नेपालीहरु ओभरस्टे भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार ७१७ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसेका थिए भने ५४४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए ।

आर्थिक बर्ष २०२० मा भिजिटर भिसामा गएका २७ हजार ७ सय १२ जना नेपालीहरुले अमेरिका छाड्नुपर्ने थियो । खासगरी उनीहरु आर्थिक बर्ष २०२० भन्दा अगाडि अमेरिका गएका, पहिले नै गएर भिसा थपेर बसेका वा आर्थिक बर्ष २०२० को पहिलो ६ महिनामा अमेरिका गएकाहरु हुन् । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव ५५ प्रतिशत रहेको छ भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ५९ प्रतिशत रहेको छ ।

अघिल्लो बर्षको तुलनामा महामारीको पहिलो बर्ष अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या र प्रतिशत दुबै बढी छ । आर्थिक बर्ष २०१९ मा २७ हजार ९६ नेपालीले अमेरिका छाड्नुपर्ने थियो तर उनीहरुमध्ये ६७४ जना अमेरिकाभित्रै ओभरस्टे भए भने २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे । भिजिटर भिसामा गएर कुल ओभरस्टे हुनेहरुको संख्या ९१६ र प्रतिशत ३ दशमलव ३८ रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१८ मा भिजिटर भिसामा अमेरिका गएका २७ हजार २ सय ५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ९७० जना अमेरिकाभित्रै ओभरस्टे भए भने २१५ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । भिजिटर भिसामा गएर कुल ओभरस्टे हुनेहरुको संख्या ११८५ र प्रतिशत ४ दशमलव ६३ रहेको थियो ।

घटे ओभरस्टे हुने नेपाली विद्यार्थी, ५ बर्षमा ४८५१ नेपाली विद्यार्थी ओभरस्टे

पछिल्लो तथ्यांक अनुशार अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या भने घटेको छ । आर्थिक बर्ष २०२० को तथ्यांक हेर्दा अमेरिकामा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १० दशमलव शुन्य ८ प्रतिशत रहको छ । आर्थिक बर्ष २०२० मा अमेरिकाबाट ४९४२ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ४९८ जना ओभरस्टे भए । ५३ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे भने ४४५ जना अमेरिकाभित्रै ओभरस्टे भए । २०२० मा अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ९ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा २०२० मा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या प्रतिशत र संख्या दुबैमा कम रहेको छ । त्यस्तै अमेरिकाभित्रै ओरभस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या र प्रतिशतपनि अघिल्लो बर्षको तुलनामा घटेको छ । आर्थिक बर्ष २०१९ मा भने ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १३ दशमलव ४३ प्रतिशत रहेको थियो । कतिपय ओभरस्टे भएपछि फर्केका थिए भने अमेरिकामा नै ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ११ दशमलव ४३ प्रतिशत रहेको थियो ।

२०१९ मा एफ, एम र जे भिसामा रहेका ५ हजार १ सय ८८ जना नेपाली विद्यार्थीहरुले अमेरिका छाड्नुपर्ने भएतापनि यी भिसामा हुने ६९७ जना नेपालीहरु ओभरस्टे भएका थिए । १०४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए भने ५९३ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकामा नै बसेका थिए ।

यसरी एफ, जे र आई भिसामा अमेरिका प्रवेश गर्दा छापसँगै डीएस स्टाटस प्रदान गरिन्छ, जसको अर्थ अमेरिकामा उक्त स्टाटसमा रहँदासम्म वैध हुने भन्ने हुन्छ ।

तर आर्थिक बर्ष सन् २०१८ को नेपाली विद्यार्थीहरुको तथ्यांक भने खराब रहेको थियो । आर्थिक बर्ष २०१८ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ३८ दशमलव ४ प्रतिशत रहेको थियो ।

कुल ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ३८ दशमलव ४ प्रतिशत रहेपनि अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु आर्थिक बर्ष २०१८ मा ३६ दशमलव २८ प्रतिशत रहेका थिए । आर्थिक बर्ष २०१८ मा ५ हजार ६ सय २३ नेपाली नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा २१ सय ३९ जना अमेरिकामा नै ओभरस्टे भएका थिए । ९९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेपनि २ हजार ४० जना भने अमेरिकाभित्रै ओभरस्टे भएका थिए ।

आर्थिक बर्ष २०१७ मा जम्मा २२ दशमलव २२ प्रतिशत नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएका थिए । ३५५६ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७ सय ९० जना नेपाली विद्यार्थीमात्र ओभरस्टे भएका थिए । जसमध्ये अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ७ सय १२ जना र ७८ जना ओभरस्टे भइसकेपछि अमेरिका छाड्नेहरु थिए ।

आर्थिक बर्ष २०१६ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरु जम्मा २५ दशमलव ३१ प्रतिशतमात्र रहेका थिए । यो बर्ष २८ सय ७३ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७२७ जना अमेरिकामा ओभरस्टे भएका थिए ।

यसरी हेर्दा ५ बर्षको अवधिमा ४८५१ जना नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएको देखिएको छ । ओभरस्टे हुनेहरुको तुलनामा ओभरस्टे भइसकेपछि अमेरिका छाड्ने नेपाली विद्यार्थीहरुको संख्या निकै कम रहको छ । ओभरस्टे हुनेहरुबाहेक अन्य विद्यार्थीहरु या त समयमै नेपाल फर्केका थिए, या त अमेरिकामा भिसा थप्ने वा स्टाटस एड्जस्ट गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com