प्रधानसेनापति शर्माको अमेरिका लगायतका देशको भ्रमण स्वीकृत


प्रकाशित मिति : जेष्ठ १६, २०७९ सोमबार

सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले बेल्जियमको राजधानी ब्रसेल्समा यही जेठ १८ देखि १९ गतेसम्म आयोजना हुने ‘ग्लोबल समिट २०२२ टर्निङ द टाइड अन चाइल्ड सेक्सुअल अबुउज अनलाइन’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृति दिने, गणतन्त्र दिवस, २०७९ का अवसरमा उपमाकान्त पराजुलीसमेत १६ व्यक्तिको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने, सुरक्षण मुद्रण विकास समिति ९गठन० ९तेस्रो संशोधन० आदेश, २०७९ को दफा ६ को उपदफा ९३० बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकारी रहेका जनसङ्ख्या प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्नुका साथै लोक सेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले बजेट तथा अर्थसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गर्ने, मूल्य अभिवृद्धि कर (चौबिसौँ संशोधन) नियमावली, २०७९ अन्तःशुल्क (तेइसौँ संशोधन) नियमावली, २०७९ः भन्सार (तेहौँ संशोधन) नियमावली, २०७९ र आयकर (तेहौँ संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com