अमेरिकाबाट नेपाल जाँदा नेपाली पासपोर्टको म्याद ६ महिना बढी भए नभएको यकिन गर्न सुझाव


प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार

अमेरिकाबाट नेपाल जाँदा नेपाली पासपोर्टको म्याद ६ महिनाभन्दा बढी भए नभएको चेक गर्न सुझाव दिइएको छ । साधारणतयाः अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुले यात्रुहरुसँग ६ महिनाभन्दा बढी अवधि बहाल रहेको राहदानी माग गर्ने भन्दै अमेरिकामा रहेको नेपाली दूतावासले यसबारे सर्वसाधारणलाई जानकारी गराएको हो ।

आफू रहेको मुलुक भन्दा अन्य मुलुकमा यात्रा गर्दा राहदानीको बहाल अवधि कम्तीमा ६ महिना भन्दा बढी हुनुपर्ने दूतावासले जनाएको छ ।

तर, नेपाल तथा अन्य मुलुक यात्रा गर्ने कतिपय यात्रुहरुले नेपाली राहदानीको म्याद नै नहेरी हवाई टिकट काट्ने गरेको अमेरिकामा रहेको नेपाली दूतावासको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यात्रा गर्ने दिन वा विमानस्थलबाट यात्रा गर्न बञ्चित भएपछि यात्रा अनुमतिपत्रका लागि अनुरोध गर्दै राजदूतावासमा सम्पर्क गर्ने सेवाग्राहीहरुको संख्या उल्लेख्य रहेको भन्दै दूतावासले आफू वा यात्रा गर्ने आफ्ना परिवारका सदस्यहरुको राहदानीको बहाल अवधि ६ महिनाभन्दा बढी रहे नरहेको यकिन गरेर मात्रै यात्राको तयारी गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

विद्यमान राहदानी ऐन तथा नियमावली अनुसार राहदानीको म्याद १ वर्षभन्दा कम बाँकी रहेको अवस्थामा राहदानी नविकरणको लागि आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

आकस्मिक रुपमा यात्रा गर्नु परेको खण्डमा यात्रा अनुमतिपत्रका लागि समेत आवेदन दिन सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com