परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे


प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार

चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा दुई लाख २४ हजार ७८६ जना घटेको पाइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता पाँच लाख १४ हजार ६३ रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या सात लाख ३८ हजार ८४९ रहेको थियो । आर्थिक वर्ष २०७८÷७९ मा परिवार नियोजनका साधन प्रयोगकर्ता ४४.२ प्रतिशत रहेको छ ।

औलो क्रमशः नियन्त्रणमा

यस्तै आर्थिक सर्वेक्षणमा औलो नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वेक्षणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोषण केन्द्रमा आर्थिक वर्ष २०७७÷७८ मा ७४० मिर्गौला र छ बिरामीको कलेजो प्रत्यारोषण गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ३७३ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्र्रिया र ८८५ बिरामीको विभिन्न प्रकारका मुटुको शल्यक्र्रिया गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १३ हजार ८२० जनाले क्यान्सर, तीन हजार ९४७ जनाले मुटु, चार हजार ९८४ जनाले हेमोडायलासिस, १७२ जनाले पेरिटोनियल डायलासिस र ४०० जनाले मिर्गाैला प्रत्यरोषण लगायतका ठूला रोगमा २६ हजार ३३१ जना विपन्न नागरिकले औषधी उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।

यस्तै सर्वेक्षणमा २०७८ फागुनसम्म ७७ जिल्लाका ७४२ स्थानीय तहका ५२ लाख ६४ हजार ९५१ जना स्वास्थ्य बीमा कार्यक्रमबाट लाभन्वित भएको पाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com