सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति मंगलबारदेखि


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति अमेरिकाले मे ३१ मंगलबारदेखि चरणवद्ध रुपमा लागु गर्ने भएको छ । नयाँ नीति अन्तरगत मंगलबारदेखि टेक्सासका २ वटा अध्यागमन हिराशतमा अन्तरवार्ता लिन सुरु गरिने भएको छ ।

मंगलबारदेखि सानो चरणमा कार्यक्रम लागु गर्न सुरु गरिने भएपनि अध्यागमन अधिकारीहरुले हरेक महिना सयौं आवेदनहरु आउने अपेक्षा गरेका छन् । अहिलेका लागि बोस्टन, लस एन्जसल, मायामी, न्युयोर्क, नेवार्क वा सान फ्रान्सिस्को क्षेत्रमा बस्न चाहने बताउने एसाइलम आवेदकलाईमात्र नयाँ कार्यक्रममा समावेश गरिनेछ । ती क्षेत्रका अदालतमा रहेको चर्को ब्याकलगका कारण अहिले ती क्षेत्र र आसपासमा बस्नेलाई केन्द्रीत गरिएको जनाइएको छ ।

यो नियम लागु हुने मिति वा त्योभन्दा पछाडि तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुका सन्दर्भमा मात्र यो नियमले काम गर्नेछ । विगतमा तीब्र गतिका देशनिकालामा राखिएकाहरुका सन्दर्भमा पुरानै नियम लागु हुनेछ ।

नयाँ नियम अनुशार विनाभिसा सिमाक्षेत्रमा आएका र नयाँ नियम अनुशार एसाइलम प्रकृया अगाडि बढाउने आवेदकको सम्पूर्ण प्रकृया ६ महिनामा पूरा हुने लक्ष्य लिइएको छ । अहिलेको प्रणाली अनुरुप ३ देखि ४ बर्ष लाग्दै आएको यो प्रकृया शीघ्र हुने भएको छ भने यसले अध्यागमन अदालतको भार समेत कम गर्ने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत २५ बर्षदेखि अमेरिकामा विना भिसा सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेलाई तीब्रगतिको देशनिकालामा राखेर दुईवटा प्रकृया अगाडि बढाउने गरिएको छ । एसाइलम अफिसरले उनीहरुको स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने अन्तरवार्ता लिन्छन् । यदि यो अन्तरवार्ता उत्तिर्ण गरेको खण्डमा उनीहरुलाई एसाइलमबारे अन्तिम निर्णयका लागि अध्यागमन अदालतमा पठाइन्छ ।

तर नयाँ नियम अनुशार तीब्र गतिको देशनिकालाको प्रकृयामा रहेका र स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेकाहरुलाई अदालतमा नपठाई युएससीआईएसका एसाइलम अधिकारीले अन्तरवार्ता लिएर एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे निर्णय गर्नेछन् । प्रारम्भिक स्क्रीनिंग भएको २१ देखि ४५ दिनभित्र उनीहरुको अन्तरवार्ता गरिने छ ।

अन्तरवार्ता भइसकेपछि युएससीआईएसका अधिकारीसँग यसबारे निर्णय गर्ने ६० दिनको समय हुनेछ । स्वीकृत भएको खण्डमा अदालत नगइकन अमेरिकामा बस्ने अनुमति दिइनेछ । उनीहरुले एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन पाउनेछन् ।

तर यो अन्तरवार्तामा एसाइलम अस्वीकृत भएको खण्डमा भने आवेदकलाई अदालतमा पठाइनेछ । यो अवस्थामा आवेदकको एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे अदालतले नै निर्णय गर्नेछ । यो प्रकृया झण्डै ९० दिनकोमात्र हुनेछ । छोटो अवधि हुने भएकाले कतिपय आवेदकले वकिल खोज्नमा समस्या हुनसक्नेबारे चिन्ता समेत जनाइएको छ ।

अध्यागमन अदालतमा पठाइएको ३० दिनभित्र आवेदकको मुद्दाको पहिलो सुनुवाई हुनेछ । त्यसपछि उनीहरुलाई ३० दिनभित्र आफ्नो मुद्दाबारे प्रमाण पेश गर्नका लागि एउटा मौका दिइनेछ । त्यसको ३० दिनपछि आवेदकको मुद्दबारे अन्तिम सुनुवाई हुनेछ । यसरी युएससीआईएसका अधिकारीले अन्तरवार्ता लिएको ९० दिनमा अदालतले यसबारे टुंगो लगाउनेछ । यद्यपी एसाइलम आवेदकले आफ्नो मुद्दाबारे तयारी गर्न थप ३० दिन माग्नसक्ने भएकाले अधिकतम ४ महिनाभित्र मुद्दाको टुंगो लाग्नेछ ।

त्यसपछि या त आवेदकको एसाइलम स्वीकृत हुनेछ, या त अदालतबाट देशनिकालाको निर्णय हुनेछ । एसाइलम स्वीकृत भएको खण्डमा उनीहरुले अमेरिकामा काम गर्न र अन्य अधिकार पाउनुका साथै एकबर्षपछि ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अस्वीकृत भएको खण्डमा आईसमार्फत देशनिकाला हुनेछ ।

यो नियम लागु हुने मिति वा त्योभन्दा पछाडि तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुका सन्दर्भमा मात्र यो नियमले काम गर्नेछ । विगतमा तीब्र गतिका देशनिकालामा राखिएकाहरुका सन्दर्भमा पुरानै नियम लागु हुनेछ ।

यो नियम परम्परागत अध्यागमन प्रकृया अन्तरगत रहेकाहरुका सन्दर्भमामात्र लागु हुनेछ । महामारी सम्बन्धित नियम टाइटल ४२ अन्तरगत प्रकृयामा लगिएकाहरुका सन्दर्भमा यो नियम लागु हुनेछैन । महामारी सम्बन्धि टाइटल ४२ अन्तरगत भने आप्रवासीलाई एसाइलम खोज्ने अवशर विना नै देशनिकाला गर्ने नीति जारी राखिनेछ ।

सन् २०२० को मार्चमा ट्रम्प प्रशासनले टाइटल ४२ नियम लागु गरेदेखि झण्डै २० लाखलाई अमेरिकामा एसाइलमको अवशर विना नै उनीहरुको देश फिर्ता पठाइएको छ । बाइडेन प्रशासनले यो नियम गत साता समाप्त पार्न लागेपनि अदालतले कार्यान्वयन गर्नका लागि आदेश दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com