आन्तरिकतर्फको हवाई भाडा बढ्यो, कुन रुटमा कति वृद्धि?


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

काठमाडौं–नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ। नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ। वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा तीन हजार ७२५ रुपैयाँ कायम भएको छ भने काठमाडौँ–धनगढी १५ हजार ६६५ रुपैयाँ कायम भएको छ । काठमाडौँ–भद्रपुर ११ हजार ९३५, काठमाडौँ–विराटनगर नौ हजार ३२५, काठमाडौँ–जनकपुर पाँच हजार २५०, काठमाडौँ–भरतपुर चार हजार ४३५ र काठमाडौँ–पोखरा छ हजार ३०५ कायम भएको छ । काठमाडौँ–भैरहवा सात हजार ८८०, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ–तुम्लिङटार सात हजार ४६० रुपैयाँ कायम भएको छ।

माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ रुपैयाँ कायम भएको सङ्घले जनाएको छ। नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ रुपैयाँ छ। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com