अमेरिका : सबै आउनुस्, तर दलालको पछि लागेर नआउनुस्

प्रकाशित मिति : असार ११, २०७४ आईतबार

यो ब्लग ज्यान गएपनि अमेरिका त जाँदै जाँदिन भनेर कसम खाएकाहरु र राष्ट्रपति डोनाल्ड ट्रम्पले पाखुरा समातेर आइज भन्दा पनि नआउने आर्थिक तथा सामाजिक हैसियत भएकाहरुको लागि होइन । त्यसैले उहाँहरुले नपढ़नु होला । यो त अमेरिका आउन चाहने तर अनेकौ प्रयास गर्दा पनि सफल नभएका, इच्छा भएका तर व्यक्त गर्न लाज मान्ने वा अरुको अगाडी इच्छा नभएको जस्तो अभिनय गर्नेहरुका लागि हो । व्यक्तिगत रुपमा भन्नु पर्दा एउटा गरिव देशको म जस्तै गरिव व्यक्तिहरुका लागि हो । जसले अमेरिका आउन पाउनुलाई अहोभाग्य ठान्दछ ।

हुन त यो कुरा सुनेर मान्छेहरुले अनेक आदर्शका कुराहरु गर्लान् । तर, मलाई त्यस्ता अर्थहीन कुरामा कुनै चासो र मतलब छैन । अनेकौ तिकडम गरेर पनि असफल भएकाहरुले देश भनेको आमा हो र आमा जतिसुकै गरिव र कुरुप भएपनि आमाको स्थानमा कोही हुन्न भन्लान् । त्यस्ता ब्यक्तिहरुलाई मेरो प्रश्न छ तपाईंहरुले आफ्नो जन्म दिने आमासँग कस्तो ब्यवहार गर्नु भएको छ ? यसको उत्तर मलाई वा अरु कसैलाई दिनुपर्ने होइन आफैलाई दिँदा हुन्छ ।

उचित सूचनाको अभावमा मानव तस्करहरुले बढाइ चढाई​ ​देखाएको सपनालाई सत्य सम्झेर ४० देखि ७५ लाख रुपियाँ खर्च गरेर, ज्यानको माया मारेर, ​बर्षौ लगाएर आउनु बुद्धिमानी होइन । अमेरिकामा पाइला टेक्न मात्र त्यत्रो रकम खर्च गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । मानव तस्करहरुको त्यस्तै लहैलहैमा लागेर आएका सात जना ब्यक्तिलाई अमेरिकी सरकारले प्लेन चार्टर गरेर नै फर्काइदियो अर्थात् “डिपोर्ट” गरिदियो । यसबाट के प्रमाणित हुन्छ भने बैधानिक रुपबाट आएर विभिन्न कारणले “ओभर स्टे” भएकाहरुलाई भन्दा अबैधानिक रुपले छिर्ने व्यक्तिहरुप्रति अमेरिकी सरकार दिन प्रतिदिन कठोर हुँदै गइरहेको छ ।​ ​एउटा औसत नेपालीको लागि निकै ठुलो त्यो रकम चर्को ब्याजमा ऋण लिएर आउँदा त्यसको ब्याज बढ्दै गएर मानसिक सन्तुलन नै खल्बलिने डर समेत हुन्छ । मानव तस्करहरुले यति र उति कमाई हुन्छ भने पनि अधिकतम् पाँच सय डलर प्रति हप्ता भन्दा बढी कमाइ हुँदैहुँदैन, झन् कागज नभएका (बोलिचालीको भाषामा अण्डकुमेण्ट) हरुको हकमा त्यो रकम अझै घट्छ ।

करिव तीन महिना अगाडी एउटी महिलाले ब्यापार मेलामा अमेरिका लगिदिन्छु भनेर तीन जना महिलासहित सात जनाबाट करिव एक करोड रुपियाँ ठगेर बेपत्ता भएको र पछि प्रहरीले पक्राउ गरेको समाचार आएको थियो ।  यहाँ अनेकौं किसिमका ब्यापार मेलाहरु विभिन्न ठाउँहरुमा सधै जस्तो भइरहेको हुन्छ । यहाँको ब्यापार मेलामा भाग लिन निकै ठुलो रकम खर्च गर्नुपर्छ र पैसा मात्र भएर हुँदैन, त्यो मेलामा भाग लिने मान्छेको व्यापारिक हैसियत पनि हेर्ने हुनाले त्यो बाटोबाट आउछु भनेर कसैलाई त्यती धेरै​ ​पैसाको पोको बुझाउनु निरर्थक काम हो । सिनेमाको सुटिङ्ग गर्ने, ब्यापार मेलामा भाग लिने​, ​भानिजको पास्नीमा सरिक हुने, छिमेकीलाई पुर्याउन जाने जस्ता कमजोर कारण देखाएर अमेरिकी दुताबासले भिसा दिने सम्भावना लगभग सुन्य बराबर हुन्छ, अब कहिले कसैले कागताली परेर पायो भने त्यो भिन्दै कुरा हो ।

हवाई टापु, पोर्टो रिको, साइपान, बहामाज लगायतका अमेरिकाको राजनीतिक​ ​नियन्त्रणमा रहेका बिभिन्न स्थानहरुको भिसा अमेरिकी दुताबासले जारी गर्ने भएपनि त्यस्ता स्थान जान प्राप्त भएको भिसाले अमेरिका छिर्न पाइदैन । ट्राञ्जिटमा रहेको बेला जसरी पनि हामी छिराउछौं भनेर मानव तस्करहरुले देखाएको सपनामा विश्वास गरेर लाखौं रुपियाँ, अमुल्य जीवन र समय बर्बाद गर्नु कतिको उचित हो, त्यो सम्बन्धित व्यक्तिले आफै सोच्दा राम्रो होला । नेपालमा रहेका मान्छेहरुलाई यस्तो गर्नुस् वा उस्तो नगर्नुस भन्यो भने उनीहरुले आफु गएर मस्ती गरेको छ । हामीलाई अनेकौ डर त्रास देखाउछ भनेर नकारात्मक रुपले सोच्ने गर्छन् । नेपालको पुरै तीन करोड जनसंख्या आए पनि बिलाउने यो बिशाल देशमा यहाँ नआउनु भनेर कसैलाई निरुत्साहित गर्नुपर्ने कुनै ठोस कारण देखिदैन । फेरी कसैले रोकेर रोकिने र फुकाएर फुक्ने पनि होइन ।

सामान्य काम गरेर पनि आनन्दको जीवन निर्बाह गर्न पाइने यो देशमा इच्छा भएका सबैलाई आउन मेरो अनुरोध छ । पंक्तिकार जस्तो सामान्य आर्थिक सामजिक हैसियत भएको व्यक्तिले पनि नेपालमा उच्च आर्थिक हैसियत भएको व्यक्तिले मात्र प्रयोग गर्ने सुबिधा लिएर र धेर/थोर पैसा कमाउने मौका मिलेको छ​ यो देशमा​ । यसलाई पनि नकारात्मक रुपमा​ ​लिनु भनेको आफुले आफैलाई धोका दिनु हो । ​कतिपय ब्यक्तिहरु कस्तो देशमा आइएछ भनेर बिलौना गरिरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरुलाई खुरुक्क नेपाल फर्किन सल्लाह दिन चाहन्छु । उनीहरुलाई यहाँ कसैले रोकेर नराखेकोले भित्र एउटा र बाहिर अर्को कुरा गरेर आत्मद्रोह नगर्न पनि मेरो बिनम्र अनुरोध छ ।

​अन्त्यमा, धैर्य, मेहनत र भाग्य मिलेमा रन्कबाट राजा बन्न सकिने अबसर नै अवसरको खानी भएको यो देशमा सबै आउनुस् । तर, मानव तस्करहरुले देखाएको झुटो सपनामा विश्वास गरेर लाखौ रुपियाँ, अमुल्य समय र जीवनलाई दाउमा राखेर आउने काम नगर्नुस् । यसरी आउँदा पहिलो त तपाईंबाटो मै मर्ने हो कि बाच्ने हो त्यो ठेगान हुँदैन, यदी बाँचेर अमेरिका छिर्न सफल हुनुभयो भने पनि तपाईंले यो जीवनमा लगानी गरेको पैसाको साउँ ब्याज उठाउने कुरा दिवा स्वप्न मात्र हो ।

Source : Ekantipur

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com