उपमहानगरमा माओवादीले खाता खोल्यो


प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेल १८७४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७७७९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् ।

माओवादीले यहाँ ४ ओटा मात्र वडा जितेको छ। एमालेले १३ वटा वडा जितेको छ भने कांग्रेसले ५ वटा वडा जित्न सफल भएको छ। यस्तै लोसपा र नेकपा एकीकृत समाजवादीले १र१ वटा वडा जितेको छ।

सत्ता गठबन्धनबाट नेकपा माओवादीको भागमा दुई वटा उपमहागनरपालिका परेका थिए। जसमा माओवादी जित निकाल्न सफल भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com