वालेन्द्र साहको अग्रता कायम, स्थापितभन्दा दोब्बर मतले अगाडि
प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार
काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार वालेन्द्र साहको अग्रता कायम छ । बालेनले झण्डै २ हजार मतले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ४१३९ मत ल्याएका छन् ।
नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ८ सय २ मत प्राप्त गरेकी छन् ।
यसैगरी काठमाडौंको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले ३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार सय २७ मत प्राप्त गरेका छन् ।






